loading...

‘चिमुसीची’को पहिलो गीतमा ‘डिआइडी’ प्रतिस्पर्धी सुनिल र अलिशाको नृत्य

loading...

काठमाडौं । फिल्म ‘चिमुसीची’को पहिलो गीत सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘तिमीले माग्छौ भने मुटु’बोलको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतको भिडियोमा डान्स इन्डिया डान्सका प्रतिस्पर्धी सुनिल क्षेत्री र अभिनेत्री अलिशा शर्माको अभिनय छ।

सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौंलागाईंको स्वर छ।

सुनिलकै कोरियोग्राफी रहेको भिडियोमा थाइल्यान्डका दृष्यहरु समावेश गरिएका छन्।

दिनेश श्रेष्ठको निर्देशनमा तयार फिल्ममा सुनिल र अलिशासँगै सुशान्त कार्की, कमली वाइवा, सशांक वस्याल, शेखर सुवेदी, शिवराज कार्की लगायतले अभिनय गरेका छन्।

फिल्म आगामी साउन ११ बाट प्रदर्शनमा अाउनेछ।

गीतको भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *