loading...

धुमधामसँग कुखुराको विहे

loading...

काठमाडाैं । छिमेकी देश भारतमा यसअघि गधा, कुकुर, बाँदरजस्ता जनावरको विहे गरिएका खबर त आएकै थिए । यसपटक चाहिँ एक कदम अघि बढ्दै कुखुराको समेत विहे भएको छ ।

छत्तीसगढमा एक भव्य समारोहबीच भाले र पोथी कुखुराबीच विहे गराइएको हाे । विहे यति अनौठो र भव्य भयो कि त्यसको चर्चा पूरै गाउँमा मात्र होइन, आसपासका गाउँहरुमा पनि भयो ।

कुखुरा पनि चानचुने होइन, एउटा विशेष प्रजातिको कुखुरा । बेहुला कुखुराको नाम कालिया हो भने बेहुलीको नाम सुन्दरी ।मासु तथा अण्डाका लागि निकै लोकप्रिय तथा विशेष जातको मानिने कडकनाथ प्रजातिका भाले र पोथी कुखुराबीच विहे गराइएको थियो ।

छत्तीसगढको दन्तेवाँडास्थित हिरानारा गाउँमा हिन्दू परम्परा अनुसार कालिया र सुन्दरीबीच बिहे सम्पन्न भयो ।बिहेमा सरसामानको जोरजाम मानिसको भव्य बिहेमा भन्दा कम थिएन । बिहेका लागि निमन्त्रणा कार्ड पनि छपाएर वितरण गरिएको थियो ।

जन्तीसँगै बेहुला कालियालाई मण्डपमा ल्याइयो, जहाँ बेहुली सुन्दरीलाई राखिएको थियो । सोही मण्डपमा दुईबीच विहे गराइयो । विहेपछि भव्य भोजको आयोजना गरियो । नाचगान पनि भयो । त्यस अवसरमा दुवैलाई रातो पहिरनमा सजाइएको थियो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *