loading...

खसीको खुट्टाको सुप यसरी बनाउनुहोस्

loading...

खसीको सुप नेपाली भान्सामा मन पराइने परिकारमध्ये एक हो । हुन त यो सुप बनाउने तरिका सबैको फरक–फरक हुन सक्छ । तर, मिठो र स्वादिलो बनाएर खाने हो भने यसको पनि पकाउने बेग्लै तरिका छ । आफ्नै घरमा सजिलै बनाउन सकिने यो परिकार बुढाबुढी तथा बिरामीका लागि पनि उपयोगी हुन्छ । भातसँग पनि खान सकिन्छ ।

सामग्री
  • प्रतिव्यक्ति पिस पारेको एउटा खसीको खुट्टा ।
  • थिचेको अदुवा २० ग्राम ।
  • थिचेको लसुन ३० ग्राम ।
  • थिचेको हरियो खुर्सानी दुई पिस ।
  • छाटा मुगी १०० ग्राम ।
  • नुन स्वादअनुसार ।
  • एक चिम्टी ज्वानो ।
  • ठूलो एक चम्चा बटर ।
  • पानी एक बाउल ।
  • बनाउने तरिका
  • कुकर तातेपछि बटर राख्नुहोस् ।
  • बटर हल्का तातेपछि ज्वानो पड्काउनुहोस् ।
  • खसीको खुट्टा राख्नुहोस् । भुट्न नछाड्नुहोस् ।
  • थिचेर तयार पारेको लसुन, अदुवा र खुर्सानी पनि हाल्नुहोस् र भुट्नुहोस् ।
  • तत्कालै मुगीको दाल पनि राखेर सँगै भुट्नुहोस् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *