loading...
ट्रेन्डिङ

मुखै रसाउने स्वादिलो तास यसरी बनाउनुस्

loading...

तास अत्यन्तै स्वादिलो परिकार हो । यो मिठो परिकार घरमै पनि मज्जाले बनाउन सकिन्छ । यदि तपाईंलाई सामान्य टिप्स भएको खण्डमा घरमै मज्जाले तास बनाउन सक्नुहुन्छ । तपाईंले मटन वा चिकेन दुवैको तास बनाउन सक्नुहुन्छ ।

  • सबैभन्दा पहिले मासु तयार पार्नुहोस् ।
  • कम्तीमा ३० देखि ३५ ग्रामसम्मको मासुको टुक्रा हुने गरी काट्नुहोस् ।
  • तास बनाउँदा सबैभन्दा ख्याल गर्नुपर्ने कुरा मसला मिसाउँदा गर्नुपर्छ ।
  • कम्तीमा १ केजी मासुको लागि १–१ पाउ लसुन, अदुवाको टुक्रा कुट्नुहोस् ।
  • मिटमसला ३० देखि ४० ग्राम, गरम मसला ४० देखि ४५ र खुर्सानी ४० देखि ४५ ग्राम तयार पार्नुहोस् ।
  • नुन आवश्यकताअनुसार राख्ने र खुर्सानीलाई टुक्रा हुने गरी कुट्नुहोस् ।
  • कम्तीमा १ केजी मासुको लागि १५० एमएल तोरीको तेल राख्नुहोस् । अनि सबै कुरा भइसकेपछि मसला र मासु तेलमा भिजाई मज्जाले मिच्नुहोस् ।
  • अब मासुलाई तोरीको तेलमा मज्जाले भुट्नुहोस् ।
  • तास तयार भयो । आवश्यकताअनुसार झिकेर खान सक्नुुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *