भान्सा

यसरी बनाउनुस् स्वादिष्ट भेज मःमः

नेपालीहरूको सर्वाधिक प्रिय खानेकुरा शायद मम नै हुनुपर्छ । बफ र चिकेन मःमः मांसाहारीहरूले खुबै रुचाउँछन् । यहाँ चाहिँ हामी भेज मम बनाउने तरिका सिकाउँदैछौं ।

सामग्री
एक कप मैदा
एउटा प्याज
एउटा भेडेखुर्सानी
एउटा गाजर
आधी कप मसिनो गरी काटिएको बन्दाकोपी
एक चम्चा अदुवा र लसूनको पेस्ट
एक चम्चा मरिच
एक चम्चा सोया सस
एक चम्चा चूक अमिलो
स्वादअनुसार नून
अलिकति पानी
काटिएको हरियो धनियाँ

विधि
सबभन्दा पहिले मैदालाई जालीले छान्नुस् र त्यसमा अलिकति नून हालेर पानीमा मुछ्नुस् । नरम हुन्जेल मुछेपछि त्यसलाई केही बेरका लागि छोपेर राख्नुस् ।

त्यतिन्जेल सबै तरकारीलाई मसिनो गरी काट्नुस् । एउटा कराहीमा तेल तताउनुस् । त्यसमा अदुवा लसूनको पेस्ट हालेर भुट्नुस् । अब यसमा प्याज हाल्नुस् र हल्का खैरो हुन्जेलसम्म भुटिरहनुस् ।

प्याज मज्जाले भुटिएपछि त्यसमा काटिएका तरकारीहरू हाल्नुस् र पाँच मिनेटसम्म फ्राई गर्नुस् । अब यसमा सोया सस, चूक अमिलो, मरिच, नून र हरियो धनियाँ हालेर मज्जाले मिसाउनुस् । अब आगो निभाएर यसमा चिसो हुन दिनुस् ।

अब मुछिएको पीठोका ससाना डल्ला निकाल्नुस् र पूरी बेले झैं बेल्नुस् ।

बेलिएको पातलो पीठोमा चम्चाले तरकारीको मिश्रण हाल्नुस् र बन्द गरेर ममको आकार दिनुस् । यसरी नै सबै पीठोको मम बनाउनुस् ।

अब ममको भाँडोमा पानी हाल्नुस् र तताउनुस् । पानी राम्ररी तताएपछि भाँडोको जालीमा सबै मम राख्नुस् र माथिबाट छोप्नुस् । पानीको बाफले मम पकाइदिन्छ ।

दश मिनेटसम्म बाफ लगाएपछि मम निकाल्नुस् र तात्तातो पस्किनुस् ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *