प्रवास

मलेसियामा भएको सडक दुर्घटनामा ३६ नेपाली घाइते

असार ११- मलेसियामा सोमबार बिहान बस दुर्घटना हुँदा कम्तीमा ३६ नेपाली घाइते भएका छन्।मलेसियाको पेनाङस्थित पया र्टेवोङमा ६० कामदार बोकेको बस दुर्घटनामा परेको हो। दुर्घटनमा परी कम्तीमा ३६ नेपाली कामदार घाइते भएका हुन्।प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जाने क्रममा स्थानीय समयअनुसार बिहान साढे ५ बजे पल्टिएको हो। घाइतेमध्ये धेरैको टाउको, हात र खु्ट्टामा चोट लागेको बताइएको छ। उनीहरूको उपचार पालुवा पेनाङ अस्पतालमा भइरहेको छ।घटना लगत्तै मलेसियाको उद्धार टोली आएर स्पताल लगेको थियो। अमेरिकी कम्पनी हो। विद्युतीय सामान उत्पादन गर्ने प्लेकसस् कम्पनीमा नेपाली मात्रै हजार जनाभन्दा बढी कार्यरत छन्।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *