प्रवास

मोरङका सन्तोष राई बिगत १३ बर्ष देखि सम्पर्क विहिन

असार १५ मलेसिया- बैदेशिक रोजगारीको शिलसिलामा खाडी मुलुक मलेसिया पुगेका मोरङ ठाटी गाउपालिकाका सन्तोष राई विगत १३ बर्ष देखि सम्पर्क विहिन भएका छन । सन २००२ मा पहिलो पटक मलेसिया गएका राई २००५ मा छुट्टिमा घर आएका थिए । छुट्टी सकिए पछि मलेसिया फर्केका राई त्यस पछि सम्पर्क विहिन भएका छन् । मलेसिया पुगेको एक दुई महिना घरपरिवारको सम्पर्कमा रहेका राई त्यस यता भने सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ ।
अधिकांश नेपालिहरुको बैदेशिक रोजगारीको लागी आर्कषणको गन्तव्य बन्दै आएको मलेसियामा नेपालीहरु भने त्यति सुरक्षित छैनन । ठुला ठुला सपना बोकेर विदेशिनेहरु कतिपय लास बनेर फर्कन्छन, कतिपय अंगभंग भएर, कति अलपत्र पर्छन त कतिपय वेपत्ताा हुने गरेका छन् । १३ बर्ष देखि वेपत्ता राई जिउदा छन या मरेको कसैलाई थाहा छैन । मलेसियाको जोहोरबारु राज्यबाट सम्पर्क बिहिन भयका सन्तोष राई हाल सम्म न कम्पनिको सम्पर्कमा आए न त परिवाको नै । यति बेला उहाँको खोजीका लागी मलेसियामा रहेका नेपालिहरु आवद्ध भएका विभिन्न संघ संस्था र मलेसियामा रहेको नेपाली राजदुतावास ले सकुर्लर गरिरहेका छन् । उहाँलाइ चिन्नु हुने सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनिहरुले खोजिकार्य गरि सम्पर्कमा आएमा मलेसियाको लागि उषा के.सि को मोवाईल नं ०११६२०९१८७६ मा सम्पर्क गरि दिन हुन राईका परिवारले आग्रह गरेको सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका उपाध्यक्ष तथा समाजसेवी चक्र मल्ल ठकुरिले कालङ्गा न्युज जानकारि दिनोभयको छ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *