पर्यटनप्रदेश नं. ७

बझाङ हिल्सा हेलीकप्टर उडान हुने

बझाङ– सस्तो खर्चमा कैलास मानसरोबर दर्शन गर्न चाहाने पर्यटकहरुलाई लक्षित गर्दै अब वझाङबाट हुम्लाको हिल्सा सम्म हेलिकप्टर उडान हुने भएको छ । बझाङको तल्कोट गाउ“पालिकाको खौलाबाट हिल्सा सम्मको परिक्षण उडान असार २२ गते हुने छ ।
कैलास सेती टुर्स एण्ड ट्राभल प्रा.ली.ले हेलिकप्टर कम्पनी अल्टिच्युड एयर स“ग मिलेर यो सेवा दिन लागेको बताउदै अध्यक्ष किशोर कुमार सिंहले बझाङ हिल्सा उडान सुरु भए पछि बझाङको बाटो भएर कैलास मानसरोवर जाने यात्रीहरुले सुविधा पाउने बताए । बझाङ हिल्सा हेलिकप्टर उडानको निरन्तरता स“गै प्रदेश नं ७ मा पर्यककिय गतिविधी बढ्ने र अहिले नेपालका अन्य नाका प्रयोग गरेर कैलाश दर्शनको लागि जाने भारतिय तथा नेपाली पर्यटकहरु यो नाकामा आर्कर्षित हुने सिंहको भनाई छ ।

अहिले बर्षेनी हजारौं भारतिय पर्यटकहरु हुम्ला, दार्चुला र केरुङ हुदै कैलास मानसरोवर दर्शनमा जाने गर्दछन । दुरीका हिसाबले टाढा र हवाई यातायातको प्रयोग गर्नु पर्ने भएकाले समय र खर्चका हिसाबले यि नाकाहरुबाट धेरै पर्यटक भित्रिन नसकेको अध्यक्ष सिंहको भनाई छ । ‘बझाङ सम्म सडक यातायात पुगिसकेको छ’ सिंहले भने ‘भारतको राजधानी दिल्लीबाट करिब ६ सय किलोमिटरको यात्रामा बझाङ पुग्न सकिन्छ । त्यहा“बाट १८ मिनेटको हेलिकप्टर उडानमा हिल्सा पुगिन्छ । सस्तो खर्चमा कैलास यात्रा गर्न चाहाने भारतियहरुले अव यही बाटो प्रयोग गर्नेछन’ | दक्षिण भारतको समुन्द्र सतह नजिकबाट आएका पर्यटकहरु एक्कासी बढी उचाईमा पुग्दा लेक लागेर विरामी हुने र मर्ने गरेको बताउदै बझाङको बाटो प्रयोग गर्दा यो समस्या पनि कम हुने उनको दाबी छ ।

कैलास मानसरोबर जाने पर्यटक तथा चिन र नेपालको व्यापारलाई लक्षित गर्दै बझाङको चैनपुर देखी चिनको ताक्लाकोट सम्म पुग्ने चैनपुर ताक्लाकोट सडकको निर्माण कार्य पनि दु्रत गतिमा भैरहेको छ । यही असारमा भएको प्रधानमन्त्रीको चिन भ्रमणका क्रममा खाद्यान्न ढुवानी गर्ने प्रयोजनको लागि चिन सरकारले बझाङको सिमाना उरै भञ्जाङ सम्म सडक पुर्याउने विषय पनि दिपक्षिय छलफलको कार्यसुचीमा परेको थियो । यद्यपी यो विषयमा के निर्णय भयो भन्ने विषयमा हाल सम्म कुनै पनि कुरा सार्वजनिक भएको छैन ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *