प्रवास

एनआरएन जोहोर र व्यवसायिहरुको समुहद्धारा मलेसियाको जेलमा रहेका नेपालीहरुलाई आर्थिक सहयोग

मलेसिया ३१ असार – मलेसियाको पेगनास जेलमा रहेका नेपालीहरुको उद्धारका लागी एनआरएनर व्यवसायिहरुको संयुक्त समुहले आर्थिक सहयोग गर्ने भएको छ । मुस्लिम हरुको महान चाड इदको अबसर पारेर असारको पहिलो साता मलेसियामा सम्पन्न साँस्कृतिक साझ तथा भीआईपी सो २०१८ बाट संकलित केहि रकम जेलमा रहेका नेपालीहरुलाई दिईन लागीएको हो । सो कार्यक्रमबाट उठेको रकम ५००० मलेसियन मुद्रा अर्थात करिव एक लाख पैतीस हजार नेपाली रुपैया पेगनास जेलमा रहेका नेपाली हरुको उद्धारको लागि भन्दै एनआरएन जोहोरका अध्यक्ष रबिलाल अधिकारी तथा सहसचिब युबराज जोतीलाइ हस्तान्तरण गरियको छ ।
एनआरएन जोहोर र व्यावसायिक समुह जोहोरबारु मलेसियाको आयोजनामा तथा आर.के गुरुपको मुख्य प्रयोजक र गोर्खाली परिवार, द गोर्खज रेस्टुरेन्ट, र भेटघाट रेस्टुरेन्टले सह प्रायोजनमा उक्त कार्यक्रम असार ३ गते मलेसियाको जोहोरबारु राज्यको होटेल गूड होपमा सम्पन्न भएको थियो । सम्पन्न कार्यक्रममा सुदूरपश्चिमेलि नेपाली समाजका युवा सयोजक ज्ञानेन्द्र ठकुरीले कार्यक्रमको बारेमा प्रकास पार्दै कार्यकम बाट प्राप्त केहि रकम पेकानास जेलमा रहेका नेपालीहरुको उद्दार लागी सहयोग गरिने उदघोष गर्नु भएको थियोे ।
शनिवार रेस्टुरेन्ट द गोर्खाजमा बसेको आयोजक कमेटिको बैठकमा कार्यक्रमका प्रायोजक आरके गुरुपका प्रमुख राकेश कुमार महतो सहप्रायोजकहरु सुदूरपश्चिमेलि नेपाली समाजका युवा संयोजक एनआरएन मलेसियका युवा संयोजक तथा मलेसियाको जोहोर स्थित भेट्घाट रेस्टुरेन्टका सन्चालक ज्ञानेन्द्र सिंह (ठकुरी) समाजसेवी तथा रेस्टुरेन्ट द गोर्खाजका संचालक ओम मल्ल (राजु मल्ल) समाजसेवी सागर रावल, सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया केन्द्रिय उपाध्यक्ष चक्र मल्ल( ठकुरी) एनआरएन जोहोरका अध्यक्ष रबिलाल अधिकारि जोहरका सह सचिब युबराज ज्योती लगायतका समासेवी हरुको उपस्थिति रहेको थियो । बैठकमा बोल्दै ब्यबसायी ओम मल्ल (राजु मल्ल) ले यस्ता किसिमका कार्यक्रमहरुले कला सास्कृतिको जोगेर्ना गर्न ठूलो सहयोग पुग्नुका साथै आपतमा परेका नेपालीहरुको उद्धारका लागी ठुलो सहयोग पुगेको बताउनो भयो ।
त्यस्तै अर्का बक्ता युवा समाजसेवी तथा सु.प समाज मलेसियाका केन्द्रिय उपाध्यक्ष चक्र मल्लले कार्यक्रम सफल पार्नको लागि सहयोग गर्नु हुने सम्पुर्णलाई विशेष धन्याबात दिनु हुदै नेपालीको सहयोगार्थ आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रम आयोजना गरिने बताउनो भयो । बैठकमा बोल्दै ब्यबसायी ओम मल्ल (राजु मल्ल) ले यस्ता किसिमका कार्यक्रमहरुले कला सास्कृतिको जोगेर्ना गर्न ठूलो सहयोग पुग्नुका साथै आपतमा परेका नेपालीहरुको उद्धारका लागी ठुलो सहयोग पुगेको बताउनो भयो । त्यस्तै अर्का बक्ता युवा समाजसेवी तथा सु.प समाज मलेसियाका केन्द्रिय उपाध्यक्ष चक्र मल्लले कार्यक्रम सफल पार्नको लागि सहयोग गर्नु हुने सम्पुर्णलाई विशेष धन्याबात दिनु हुदै नेपालीको सहयोगार्थ आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रम आयोजना गरिने बताउनो भयो । बैठकले आपतमा परेका र मलेसियाको जेलमा रहेका नेपालीहरुको उद्धारका लागी उक्त रकम सहयोग गर्ने निष्कर्ष निकालेको समाजसेवी सागर रावलले कालंगा न्युजलाई जानकारी दिनु भयो ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *