अपराध/सुरक्षासमाज

पीडित परिवारले घटनाबारे नबुझेरै आफूविरुद्ध उजुरी हाले, बुझ्नेले कुरा नबुझेपछि, मनमा पीर त पर्ने नै भयो

काठमाडौं २५ भदौ – द्वन्द्वकालमा मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा अदालतबाट सफाइ पाएका छविलाल पौडेलले पीडित परिवारले घटनाबारे नबुझेरै आफूविरुद्ध उजुरी हालेको प्रतिक्रिया दिएका छन् । डिल्लीबजार कारागारबाट सोमवार विहान रिहाई भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले लहडको भरमा उजुरी गर्नेलाई पछुतो हुने टिप्पणी गरे । ‘उहाँहरुले तथ्य नबुझिकनै मविरुद्ध उजुरी दिनुभएको हो’, बुझ्नेले कुरा नबुझेपछि, मनमा पीर त पर्ने नै भयो बाेलकाे गीत उच्चारण गर्दै  पौडेलले भने, ‘उहाँहरुलाई पछतो हुनेछ  ।’

कृष्णप्रसाद आफ्नो विद्यार्थी भएको उल्लेख गर्दै पौडेलले घटनापछि आफू निकै दुःखी भएको स्मरण गरे । उनले आफूलाई नराम्रो भए पनि आरोप लगाउनेहरुप्रति सदीक्षा व्यक्त गरे ।  ‘उहाँहरुलाई राम्रो होस्, हामीलाई जे–जे भए पनि’, उनले भने । उनले अन्यायमा परेकाले न्याय पाउने विश्वास व्यक्त गर्दै सबैको साथ र सहयोगको अपेक्षासमेत उनले उक्त अवसरमा व्यक्त गरे । फरार एक आरोपीबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले केही जानकारी नभएको प्रतिक्रिया दिए । – अनलाईनखबर

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *