loading...

वीजेपीले लोकतन्त्र नै समाप्त पार्ने काम गरिरहेको छ :अखिलेश यादव

loading...

भदौ ३० – उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टी(एसपी) का अध्यक्ष अखिलेश यादवले भारतीय जनता पार्टी(बीजेपी) को कडा आलोचना गरेका छन् ।

एसपीको ‘सामाजिक न्याय एवम प्रजातन्त्र बचाऔँ, देश बचाऔँ’ साइकल र्यालीलाई शुक्रबार उत्तर प्रदेशको सैफईमा सम्बोधन गर्दै यादवले आउँदो चुनावमा जुनसुकै हालतमा बीजेपीलाई हराउनुपर्ने बताए । उनले भने, ‘यदि २०१९ को संसदीय चुनावमा बीजेपीलाई हराउन सकेनौँ भने हामी सबैले पकौडा बेच्नुपर्नेछ । प्रधानमन्त्री त भन्ने गर्छन्, नालीबाट ग्यास निस्कन्छ जसबाट रोजगार पैदा हुन्छ ।’

अखिलेश यादव त्यतिमै रोकिएनन् । उनले अगाडि थपे, ‘२०१९ हामी सबैका लागि राम्रो अवसर छ । यदि यो चुनावमा तपाईँ सफल हुनु भएन भने एउटा नाली र कराई खोज्नु अनि हामी सबै मिलेर पकौडा तारौँला ।’ बीजेपी हराउने अभियान सुरु भैसकेको भन्दै लोकतन्त्र नै समाप्त पार्ने काम गरिरहेको बीजेपीलाई जिताउन नहुने एसपी अध्यक्ष यादवले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *