खेलकुद

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि सात पटकको च्याम्पियन भारत र माल्दिभ्स आमने सामने हुँदै

ढाका ३० भदौ – साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज सात पटकको च्याम्पियन भारत र माल्दिभ्स आमने सामने हुँदैछन् । बंगलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा शनिबार साँझ नेपाली समयअनुसार पौने ७ बजेदेखि फाइनल खेल सुरु हुनेछ ।

सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले पराजित गरेको थियो भने भारतले चीरपरिचित प्रतिद्वन्दी पाकिस्तानलाई ३–१ गोलले हराउँदै उपाधि भिडण्त पक्का गरेका थिए । यी दुई टोली समूह चरणमा पनि आमने सामने भएका थिए । समूह बी अन्तर्गतको खेलमा भारतले माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

भारत साफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन पनि भएकाले उसलाई उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको छ । – उज्यालो

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *