loading...

श्रीलंका र बंगलादेशबीचको खेलसँगै आजदेखि एसिया कप क्रिकेटको सुरुआत

loading...

भदौ ३०  – एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि यूएईमा सुरु हुँदैछ । यस प्रतियोगितामा नेपाल छनोट चरणमा असफल भएको थियो । प्रतियोगितामा एसियाका पाँच टेष्ट मान्यता प्राप्त र छनोट चरणबाट सहभागी भएको हङकङसमेत गरी ६ टोलीको सहभागिता रहेको छ ।

आज यूएईको शारजाहँ क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ सवा पाँच बजेदेखि सुरु हुने समूह बी मा रहेका श्रीलंका र बंगलादेशबीचको खेलसँगै एसिया कपको सुरुआत हुनेछ । एसिया कपको समूह ए मा भारत, पाकिस्तान र हङकङ छन् भने समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।

दुवै समूहका विजेता र उपविजेताले अन्तिम चारमा स्थान बनाउनेछन् । चार टोलीबीच लिग खेल अन्तर्गत सबैले सबैसँग खेल्नेछन् । यो समूहको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । –उज्यालो

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *