loading...

फिलिपिन्समा शक्तिशाली आँधीका कारण १४ जनाको मृत्यु

loading...

काठमाडौं ३१ भदौ – फिलिपिन्समा आँधीका कारण १४ जनाको मृत्यु भएको छ । म्यङ्गकुट नामक आँधी, वर्षा र बाढीका कारण ५० लाख मानिस प्रभावित भएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन द्वीप तहस नहस भएको छ । आँधीको कारण फिलिपिन्सका धेरै घरका छाना उडेका छन् । धेरै रुखहरु ढलेका छन् । ४२ स्थानमा भूक्षय गएको छ । धेरै व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले यो आँधीलाई सबैभन्दा शक्तिशाली भनेको छ ।आँधी पश्चिम चीनतर्फ अघि बढेको छ । पूर्वानुमान गरिएअनुसार आइतबार दिउँसोसम्म यो आँधी हङकङ नजिक पुग्ने छ । चीनमा सतर्कता अपनाइएको छ र चिनियाँ नागरिकलाई सतर्क रहन सूचित गरिएको छ ।

आँधीले क्षति पुर्‍याउन सक्ने आशंकामा मकाउका बासिन्दाले पनि सतर्कता अपनाएका छन् । डब्ल्यूएमओका अनुसार यो आँधी मंगलबारसम्म कमजोर हुने छ । फिलिपिन्सको इतिहासमा हालसम्मकै सबैभन्दा खतरनाक आँधी २०१३ मा आएको थियो जसमा ७ हजार भन्दा बढी व्यक्ति मारिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *