loading...

ब्राउन सुगर र नक्कली पेस्तोलसहित शनिबार राति तीनजना पक्राउ

loading...

काठमाडौँ ३१ भदौ – प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले लागुऔषध कारोवारीलाई काठमाडौँ चुच्चेपाटीबाट राति ८ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम माई नगरपालिका–४ का २३ वर्षीय सञ्जय समाल (मगर), मोरङ पथरी नगरपालिका–५ का २४ वर्षीय सन्तोष लिम्बू र झापा शिव सताक्षी नगरपालिका–३ का २४ वर्षीय युगेश राई रहेका महानगरीय प्रहरी वृत बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताउनुभयो ।

सडकमा हिँडिरहेका निजहरुको शरीर तलासी लिने क्रममा ३० ग्राम लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर), नक्कली पेस्तोल एक थान र रु २० हजार १०० बरामद भएको गिरीले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *