पत्रपत्रिकाप्रदेश नं. ७

सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या न्युन

बैतडी- बैतडीका सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या न्युन  रहेको छ । शैक्षिक ब्यवस्थापनमा कमजोरि हुनु, गुणस्तरमा कमी आउनु लगायतका कारणले गर्दा यहाँका सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी सँख्या न्युन रहेको हो ।
सामुदायिक बिद्यालयहरुमा शिक्षाको गुणस्तर खस्किदै गइरहेकाले निजि बिद्यालयप्रती अबिभावकको आर्कषणले गर्दा सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी सँख्या न्युन रहेको मेलौली नगरपालिका शिक्षा साखाका श्रोत ब्यक्ती लालदत्त ओझाले बताउनुभयो ।
जिल्लाका अधिकांस बिद्यालयहरुमा बिद्यार्थी सख्या न्युन रहेको छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने भुमिराज आधारभुत बिद्यालय मेलौली नगरपालिका वडा नं २ देउरालीमा २३ जना बिद्यार्थीमा मात्रै अध्यानरत छन भने ५ जाना शिक्षक छन । मेलौली नगरपालिका कै वडा नं ५ स्थित शिवसंकर आधारभुत बिद्यालय पेलामा पनि ३३ जाना मात्रै बिद्यार्थी सँख्या रहेको छ । यस्तै पाटन नगरपालिका वडा नं १० स्थित शिद्ध सिगास आधारभुत बिद्यालय मा २२ जना मात्रै बिद्यार्थी अध्यानरत रहेको सोहि बिद्यालयका प्रद्यानाध्यापक गंगा दत्त अवस्थीले जानकारि दिनुभयो । बसाइसराइ र कम जनसंख्याले गर्दा सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी संख्यामा कमि आएको उहाले बताउनुभयो । पहाडीे भेगका सामुदायिक बिद्यालयमा प्रती कक्षा ४५ जना हुनुपर्ने प्रावधान रहेको भएपनि बैतडीका आधा जती बिद्यालयहरुमा सबै कक्षा गरी ४५ जाना सम्म पनि बिद्यार्थीहरु नभएको पाइएको छ ।

उच्च स्तरिय शिक्षा आयोगगको प्रतिबेदन २०४९ ले प्रत्येक वडाहरुमा बिद्यालय खोल्ने प्रबधान लिएपछि धमाधम बिद्यालयहरु स्थापना भएकै कारणले अहिले प्रत्येक सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी सँख्या न्युन भएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो ।

बिद्यार्थी संख्या प्रयाप्त रहेको बिद्यालयमा पनि शिक्षक दरबन्दी छैनन

बिद्यार्थी सँख्या प्रयाप्त रहेका यहाका बिद्यालयहरुमा पनि बिद्यार्थी सँख्या भएकाअनुसार शिक्षक दरबन्दी छैनन । बिद्यार्थी सँख्या नभएको बिद्यालयहरुमा बिद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी धेरै हुदा बिद्यार्थी सँख्या प्रयाप्त रहेको बिद्यालयहरुले शिक्षक दरबन्दीको अभाब झेल्दै आएका छन । पाटन नगरपालिका वडा नं ९ स्थित १ देखि १२ कक्षा सम्म पढाइ हुने ज्ञानेश्वर माबिमा ५ सय ५० बिद्यार्थी रहेकोमा ८ जना स्थाइ, २ जना अस्थाइ र बाकी पाच जाना शिक्षकहरु निजि श्रोतमा काम गर्दै आइहरको ज्ञानेश्वर माबिका सह प्रधनाध्यापक धन बहादुर महराले जानकारि दिनुभयो ।
यस्तै मेलौलि नगरपालिका वडा नं ७ स्थित मणिलेक माबी मा कक्षा १ देखी १२ सम्म पढाइ हुने गरेकोमा ६ सय २१ जना बिद्यार्थी अध्यानरत छन । उक्त बिद्यालयमा पनि निजि श्रोतमा शिक्षक भर्ना गरेर पनि कुल शिक्षक सँख्या २८ रहेपनि अझै प्रयाप्त छैनन । यसरी बिद्यार्थी सँख्याको अनुपातमा शिक्षक अभाव हुदा अध्यापनमा समस्या हुने गरेको बिद्यालयले जनाएको छ । यसरि नै धेरै जसो बिद्यालयहरु निजि श्रोतका शिक्षकहरुको भरमा चल्दै आएको सिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख अवस्थीले बताउनुभयो ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *