loading...

आजदेखि माइक्रोबसका चालक र परिचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने

loading...

काठमाडौं – उपत्यकामा गुड्ने माइक्रोका चालक र परिचालकले आजदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । उपत्यकाका सबै रुटमा चल्ने माइक्रोका चालकले सुन्तला रंगको र परिचालकले हरियो रंगको ज्याकेट लगाउनुपर्ने निर्णय गरेको महानगरीय ट्राफिक  प्रहरी महाशाखाले जनाएको छ । यस्तै माइक्रोबसको अगाडि र पछाडि गन्तव्य रुटसहितको प्लेट पनि राख्नुपर्नेछ ।गएको भदौ ६ गतेदेखि ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गरेको महाशाखाले आजदेखि माइक्रोका चालक र परिचालकको लागि अनि अनिवार्य गरेको हो ।

पहिलो चरणमा फ्लोरेसेन्ट ज्याकेट नलगाउने चालक तथा परिचालकलाई सम्झाइबुझाइ गर्ने तर त्यसपछि पनि नमाने जरिवाना तिराइने महाशाखाले जनाएको छ । महाशाखाका तत्कालीन प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन सुरुआत गरे पनि माइक्रोबसका चालक तथा सहचालकले नलगाई अटेर गर्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *