loading...

कारले ठक्कर दिँदा सात जनाको मृत्यु

loading...

बेइजिङ – दक्षिणपश्चिमी चीनको एक शहरमा एक कारले ठक्कर दिँदा बाटो हिँडिरहेका कम्तीमा पनि सात जना बटुवाको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको लेसान शहरमा मङ्गलबार बिहान दुर्घटना भएको हो । सडकमा गुडिरहेको कार अकस्मात सडक किनाराबाट आफ्नो बाटो हिँडिरहेका नागरिकलाई ठक्कर दिन पुगेको थियो ।

यसरी कार अकस्मात बटुवाहरुको भिडतर्फ लागेपछि यसले ठक्कर दिई सात जनाको घटनास्थलमै निधन भएको बताइएको छ । यस दुर्घटनामा परि अरु चार जना नराम्ररी घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पताल पुर्‍याइएको छ । एक कारले बाटो काटिरहेका बालबालिकालाई हान्दा सात जनाको ज्यान गएको घटनाको केही दिनपछि यो अर्को दुःखद घटना भएको चिनियाँ प्रहरीले जानकारी दिएको छ । मङ्गलबार बिहान दुर्घटना गराउने कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनाको कारण के हो भन्ने बारेमा केही बताइएको छैन । प्रहरीले विज्ञप्ति प्रकाशन गरेर घटना के कसरी हुन पुगेको हो भन्ने बारेमा अनुसन्धान सुरु भएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *