loading...

क्यालिफोर्नियाको अत्यन्त विनासकारी मानिएको डढेलो नियन्त्रणमा

loading...

क्यालिफोर्निया –  क्यालिफोर्नियाको इतिहासमा नै अत्यन्त विनासकारी मानिएको डढेलो नियन्त्रणमा आएको छ । करिब दुई हप्तापछि अग्नि नियन्त्रकहरुको अथाह प्रयासबाट आइतबार डढेलो नियन्त्रणमा लिइएको अधिकारीहरुले जानकारी दिएका छन् । ‘क्याम्प फायर’ का कारण गएको नोभेम्बर ८ बाट शुरु भएको यो डढेलोबाट करिब ८७ व्यक्तिको मृत्यु भएको  डढेलो नियन्त्रणमा आएको भनिएता पनि अझै दुईसय ९६ व्यक्ति बेपत्ता छन् । यद्यपि गएको शुक्रबार चार सय ७४ व्यक्ति बेपत्ता भएको बताइएको थियो ।

स्थानीय अधिकारीहरुका अनुसार यस डढेलोमा परि मारिएका व्यक्तिहरुमा ५४ जनाको मात्र परिचय खुलेको थियो । यस डढेलोबाट एक लाख ५३ हजार ३३६ एकड जमिन ध्वस्त भएको थियो । त्यसैगरी १४ हजार घर र सयौं अन्य संरचना ध्वस्त भएका छन् । क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले हाल आगलागी हुने प्रमुख कारणमा विश्वव्यापी रुपमा बढेको तापक्रम भएको चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको हप्ता क्यालिफोर्नियाको डढेलोबाट प्रभावित क्षेत्रको भ्रमण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *