खेलकुद

चौथो खेलमा सन्दीपको खराब प्रदर्शन

काठमाडौ – यूएईमा जारी टी–१० क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका सन्दीप लामिछानेले चौथो खेलमा लय लिन सकेनन् ।उनले २ ओभरमा २८ रन खर्चिँदासमेत विकेट हात पार्न असफल भएका हुन् । सुरुका तीन खेलबाट ६ विकेट लिएका सन्दीप चौथो खेलमा नचलेपछि उनको टिम केरला नाइटस् पञ्जाब लिजेन्डससँग ३६ रनले पराजित हुन पुग्यो । केरलाले रन पछ्याउने क्रममा सन्दीपले ब्याटिङ पनि गरेका थिए । उनी १ रनमा नट आउट रहे । केरलाका क्रिस गेलले ३५ रन जोड्दा अन्य खेलाडीले सम्झन लायक प्रदर्शन नै गरेनन् ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *