अपराध/सुरक्षाप्रदेश नं. ७समाज

२६ बर्ष पछि ४५ किलो लागुऔषध चरेस नष्ट

मकरराज धामी मंसिर १४ बझाङ–जिल्ला अदालत बझाङले २६ बर्ष पछि आज ४५ किलो लागुऔषध चरेस नष्ट गरेको छ । २०५४ साल साउन महिनामा विशेष सुराकिको आधारमा प्रहरीले दुई समुहको छुट्टा छुट्टै गरि ४५ किलो चरेस बरामत गरेको थियो । शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, जिल्ला अदालतका प्रतिनिधि, पत्रकारहरु र सरोकारवालाहरुको रोहवरमा उक्त चरेस नष्ट गरिएको हो । सो समयमा प्रहरी गस्ति बाट पक्राउ परेका अभियुक्तहरु मनसेज्या पुजारा, मोहन चन्द र रण बहादुर भन्ने रनी चन्दलाई तत्तकालिन जिल्ला न्यायाधिस धुव्रराजबाट लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ४ क को कसुरमा सोहि ऐनको दफा १४(१) क) बमोजिम सजायको लागीे मागदावी रहेको थियो । उनीहरुको साथ बाट ५ किलो ५ सय ग्राम चरेस फेला परेको थियो । मोहन चन्द तत्कालिन समयमा फरार रहेका थिए ।  निजलाई २०४९ सालको असोजमा प्रहरीले पक्राउ गरेर मुद्धा अगाडि बढाईएको थियो ।


सोहि समयमा प्रहरीले अर्को समुहको आईते धामी, सर्पे धामी, सौउरे जाग्री र नरबहादुर बोहरा समेतको गरि ३९ किलो ५ सय ग्राम चरेस बरामत गरेको थियो । तत्कालिन समयमा आईते धामी पक्राउ परेका थिए भने अन्य अभियुक्त फरार अवस्थामा रहेका थिए । पछि विभिन्न समयमा निजहरुलाई पक्राउ गरि कारवाहि प्रक्रिया अगाडि बढाईएको थियो । निज अभियुक्तहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ४ क को कसुरमा सोहि ऐनको दफा १४(१) क) बमोजिम सजायको लागीे मागदावी रहेको थियो । मिति २०७५ साल भदौ २७ गते बाट मुल्तविबाट जगााई सो मुद्धाको मिति २०७५ असोज १० गते प्रतिवादीले सफाई पाउने फैसला भयो । अभियुक्तहरुले लामो समय पछि सफाई पाएकाले सोहि फैसला बमोजिम बरामद गरिएको लागु औषध नष्ट गरिएको जिल्ला अदालत स्रोतले जनाएको छ ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *