loading...

निजी क्षेत्रको लगानीमा निमार्ण हुन लागेको देशकै सबैभन्दा ठुलो कालंगा जलविधुत आयोजनाको निमार्ण कार्य ४५ प्रतिशत सम्पन्न

loading...

मकरराज धामी मंसिर १९ बझाङ- २०६५ साल देखि सम्भाव्यता अध्ययन सुरु भएको कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य ४५ प्रतिशत काम सम्मन्न भएको छ । सुरुङ निमार्ण कार्यले तिव्रता पाए संगै अन्य भौतिक संरचना निमार्ण हुने क्रम पनि बढि रहेको छ । निजी क्षेत्रको लगानीमा निर्माण गर्न हुन लागेको देशको सबै भन्दा ठूलो ६५ मेघावाट क्षमताको कालंगा जल बिद्युत आयोजना को निमार्ण कार्य तिव्र रुपमा अगाडी बढीरहेको छ । ३८.४६ मेघावाटको दहबगरमा ईनटेक बनेर खिरातडीको बिजगडमा पावर हाउस बन्ने अपर कालंगा जलविद्युत आयोजना, १५.३३ मेघावाटको खिरातडीको पाउटामा ईन्टेक बनेर साबिकको सुनकुडा गाबिसको घोडादाउनमा पावर हाउस निर्माण हुने कालंगा जलविद्युत आयोजना र १०.०७ मेघावाट क्षमताको विद्युत कफलसेरीको जुनै बाट झारेर पिपलकोटको खौलाधारमा पाबर हाउस निर्माण हुने सानी गाड जलविद्युत आयोजना निमार्ण हुन लागेको हो मेन ईन्जिनिएर ईन्द्र बमले बताए । यसरी तिन ओटा आयोजना बाट करिब ६५मेघावाट बिद्युत उत्पादन हुने भएको छ । हाल ३ सय ५० बढि स्थानिय युवाहरुले आयोजनामा काम गरि रहेको छन भने क्याम्प र सडक निर्माण कार्यमा ६ सय बढि स्थानीयले दैनिक ज्यालादारीमा काम गरिरहेको कालंगा हाइड्रो प्रालीका संस्थापक विरेन्द्र मल्लले जानकारी दिनु भयो ।
कालंगागाड जलविद्युत् योजना सुरु भएसँगै यहाँका बासिन्दाहरूले गाउँमै रोजगारी पाएका छन् । कुनै बेला रोजगारीका लागी ज्याला मजदुरी गर्न भारतको धार्रचुला,पिथौरागढ,मुन्सारी जाने युवाहरु अहिले विभिन्न व्यवसाय गरेर गाँउमै मनग्य कमाउदै आएका छन् । कुनै बेला गाँउमै कहिले क्यारेम कहिले तास खेलेर समय विताउने हरु अहिले विहान सबेरै देखि आफ्नो व्यवसायमा लागी रहेका भेटिन्छन् । जलविद्युत् आयोजनाको काम सुरु भएपछि स्थानीय उत्पादनको माग पनि बढदै गएको छ । झण्डै १० अर्व रुपैयाकोे लागत अनुमान गरिएको आयोजनाको चार ठाँउ बाट सुरुङ निमार्णको काम सुरु भएको छ । सन २०२० भित्र आयोजना सम्पन्न गर्ने यस आयोजनाको लक्ष्य रहेको कालंगा जलविद्युत आयोजनाका प्रमुख उमेश श्रेष्ठको भनाई छ । जलबिद्युत आयोजनाका निर्माणका लागी बैकं हरुले ७५ प्रतिशत लगानी र स्थानियका लागी १० प्रतिसत शेयर बितरण गरिनुका साथै १५ प्रतिशत प्रतिष्ठत ब्यापारीको लगानी रहने भएको छ । निजि क्षेत्रको लगानीमा निमार्ण हुन लागेको यो देशकै सबै भन्दा ठुलो जलविद्युत आयोजना भएको आयोजनाको दावी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *