loading...

कालंगा जलविधुत आयोजनाको निमार्ण कार्य संगै फेरिदै बुङगलको मुहार

loading...

मकरराज धामी मंसिर २० बझाङ- कालंगा जलविधुत आयोजनाको निमार्ण कार्य सुरु भए संगै बुङगलको मुहार फेरिएको छ । आयोजनाको निमार्णका लागी विभिन्न ठाँउहरुमा सडक निमार्ण भए पछि बुङगल वासीहरुलाईको दैनिकिमा सहज भएको छ । जलविधुत आयोजना निमार्ण संगै युवाहरुले विभिन्न व्यवसाय गर्न थालेका छन् । २०६५ साल देखि सम्भाव्यता अध्ययन सुरु भएको कालंगा जलविद्युत अयोजनाको निमार्ण कार्य सुरु भए संगै बझाङको बुङगल क्षेत्रको मुहार फेरिदै गएको छ । निजी क्षेत्रको लगानीमा निर्माण गर्न हुन लागेको देशको सबै भन्दा ठूलो ६५ मेघावाट क्षमताको कालंगा जल बिद्युत आयोजना को निमार्ण कार्य सुरु भए संगै स्थानिय युवाहरुले रोजगारी पाउन थाले पछि यस क्षेत्रका युवाहरुमा खुसी छाएको छ ।
आयोजनाको काम सुरु हुनु भन्दा पहिले रोजगारका लागी विदेशिन युवाहरु आयोजना निमार्ण संगै आफ्नो शैक्षिक योग्यता र दक्षता अनुसारकोे काम गरि रहेका छन् । हाल ३ सय ५० बढि स्थानिय युवाहरुले आयोजनामा काम गरि रहेको छन भने क्याम्प र सडक निर्माण कार्यमा ६ सय बढि स्थानीयले दैनिक ज्यालादारीमा काम गरिरहेको कालंगा हाईड्रा प्रा.लि का संस्थापक वीरेन्द्र मल्लले बताए । कालंगागाड जलविद्युत् योजना सुरु भएसँगै यहाँका बासिन्दाहरूले गाउँमै रोजगारी पाएका छन् ।
कुनै बेला रोजगारीका लागी ज्याला मजदुरी गर्न भारतको धार्रचुला, पिथौरागढ, मुन्सारी जाने युवाहरु अहिले विभिन्न व्यवसाय गरेर गाँउमै मनग्य कमाउदै आएका छन् । कुनै बेला गाँउमै कहिले क्यारेम कहिले तास खेलेर समय विताउने हरु अहिले विहान सबेरै देखि आफ्नो व्यवसायमा लागी रहेका भेटिन्छन् । जलविद्युत् आयोजनाको काम सुरु भएपछि स्थानीय उत्पादनको माग पनि बढदै गएको छ । दुई वर्ष सम्म भारतमा मजदुरी गरेपछि घर फर्किएर तरकारी खेती सुरु गरेका बिजगडाका प्रमोद कुँवर अहिले महिनाको ३० देखि ४० हजारसम्म कमाउ छन् । बुंगलको बिजगडा, सैन्सु दहबगर लगायतका क्षेत्रमा अहिले १ सय ५० भन्दा बढी स्थानियले व्यावसायिक तरकारी खेती, कुखुरापालन, बंगुरपालन लगायतको व्यवसाय सुरु गरेका छन् ।
पहिला पहिला बजार नपाएर बिक्री गर्न धौ–धौ हुने र सस्तोमा बेच्नुपर्ने स्थानिय स्तरमा उत्पादितवस्तुहरुले भनेजस्तो मुल्य पाएको बुङगल नगरपालिका वडा नं २ गिरौका कलक धामीले बताए । ‘पहिला बजार डुलाएर सस्तोमा घिउ बेच्नुपथ्र्यो अहिले आयोजनाका मान्छे घरमै आएर किन्ने गरेको र भनेको मुल्य दिने गरेको उनको भनाई छ ।
उक्त क्षेत्रमा उत्पादित दाल, घिऊ,आलु तथा पशुजन्य वस्तुले बजार पाएपछि स्थानीयवासी व्यवसायी हुन थालेका हुन । विद्युतको काम सुरु भएसँगै बुंगल क्षेत्रका स्थानीयहरूले चिया, नास्ता पसल, पोल्ट्री फर्म, मासु पसल खोलेर पनि राम्रो आम्दानी गरिरहेको र भारत जानेको संख्या घटदै गएको दहबगरकै आनन्द धामीले बताए । अहिले आफ्नै घर नजिकै जलविद्युत आयोजनाको निमार्ण कार्य सुरु भएको छ । आयोजनामा काम गर्ने हरु धेरै छन् गाँउमै गएर समान किन्ने गरेका छन् । मानिसहरु आवतजावत बढे पछि होटल तथा किराना पसलहरु पनि बढदै गएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *