प्रदेश नं. ७विज्ञान/प्रविधि

बझाङका थप ८ ठाउँमा नेपाल टेलिकमका टावर निर्माण हुने

बझाङ- सुदूरपश्चिमको हिमाली जिल्ला बझाङका थप ८ ठाउँमा नेपाल टेलिकमका टावर निर्माण हुने भएका छन् । जिल्लाको साइपाल, तल्कोट, सुर्मा, मस्टा, केदारस्यूँ, खप्तड छान्ना, थलारा गाउँपालिका र बुङल नगरपालिकामा टेलिकमको टावर निर्माण हुने भएका हुन् । बझाङबाट निर्वाचित समानुपातिक सांसद आशाकुमारी बिकले सबै स्थानीय तहमा टावर नपुग्दा काम गर्न समस्या भइरहेकाले छिट्टै त्यो समस्या समाधान हुन् बताइन् ।

उनले यही वर्ष सूचना तथा सञ्चार प्रविधि मन्त्रीले बझाङका स्थानीय तहमा टावर निर्माणका लागि टेलिकमलाई गरेको सिफारिस अनुसार चैनपुर एयरपोर्ट, छविस पाथिभेराको लेकगाउँ, कडेँल खप्तडछान्ना गाउँपालिकको छान्ना, दुर्गाथली गाउँपालिकाको मौलाली, मष्टा गाउँपालिकाको भाते खोला, शुर्मा गाउँपालिकाको दौलिचौर, खप्तड छान्नाको माझिगाउँ, तल्कोटको सुनिकोट, र साईपाल गाउँपालिकामा टावर निर्माण भएर सुचार भइसकेको बताइन् । – बुलबुल नेपाल डट कम

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *