loading...

जलविधुत आयोजनाको हब बन्दै बझाङ, सुदुरपश्चिम प्रदेशकै ७ कै सबैभन्दा बढी विद्युत् उत्पादन हुने सम्भावना

loading...

मकरराज धामी मंसीर २८ बझाङ – बझाङमा जलविधुतको अपार सम्भावना छ तर राज्यले बझाङलाई चिन्न नसकेको बझाङवासीको गुनासो छ । बाह्रै महिना अटुट रुपमा बगिरहने सेती, कालंगा, सानीगाड, सुनिगाड र बहुलिगाड तथा अन्य साना नदीहरुमा जलविधुत आयोजनाका निमार्णकार्यहरु भैरहेका छन । यसले बझाङको मात्र नभई सुदुरपश्चिम प्रदेशको आर्थिक विकासमा ठुलो टेवा पुगाउने छ । सदावहार नदी र भिरालो भौगोलिक बनावटका कारण ठुला मध्यका जलविधुत आयोजनाहरुको यहाँ सम्भावना रहेको छ । जिल्ला स्थित सबै राजनैतिक दल, प्रसासन जिल्ला समन्वय समिति, नागरिक समाज उद्योगी, व्यवसायि तथा सरोकारवाला निकाय बाट जिल्लाको जलविधुत क्षेत्रमा लगानी मैत्रि वातावारणको सिर्जन गर्न सके अवको ५ बर्षमा सबै आयोजनाको निमार्ण कार्य सम्पन्न हुनेछ ।
बझाङलाई नमुना र जलविधुत मैत्रि जिल्लाका रुपमा विकास गर्नका लागी सबै पक्ष बाट बन्द हडताल जस्ता गतिविधिहरु रोक्नु आवश्यक छ । जिल्लामा निमार्णाधिन र निमार्ण सम्पन्न भईसकेका र सम्भाव्यता अध्ययनमा रहेका आयोजनाहरुमा लगानीकर्ताको लगानी र जलविधुत आयोजनाको सुरक्षाका निम्ती राज्यले हाईड्रो सुरक्षाको व्यवस्था, गर्नुपर्नेमा जिल्लावासीको माग छ । काम सुरु भइसकेका र सम्भाव्यता अध्ययन भइरहेका आयोजनाहरूको काम समयमै सम्पन्न भए बझाङ सुदुरपश्चिम प्रदेशकै ७ कै सबैभन्दा बढी विद्युत् उत्पादन गर्ने जिल्लाका रूपमा परिचित हुने सम्भावना पनि छ ।
लामो समय देखि विद्युत् अनिमितता झेल्दै आएका र अन्धकारमा बस्दै आएका बझाङवासीहरु यसै बर्षको चैत महिनामा निमार्ण सम्पन्न हुने जेउलीगाड जलविद्युत् आयोजनाले राहत दिने भएको हो । सन् २०१६ मा सुरु भएको १ मेगावाट क्षमताको जेउलीगाड जलविधुत आयोजनाको काम चैत सम्म पूरा हुने निर्माण कम्पनीले जनाएको छ । जेउलीगाड सञ्चालनमा आएपछि बझाङमा विद्युत् समस्या सधैंका लागि समाधान हुन निमार्ण कम्पनि रंगुनखोला हाइड्रो प्रा.लि का सञ्चालक वीरेन्द्र मल्लको भनाई छ । अहिले २ सय किलोवाट सदरमुकाम चैनपुर र आसपासको क्षेत्रमा धानिरहेको र १ मेगावाट उत्पादनले पर्याप्त हुने उनको भनाइ छ ।
एउटै नदीमा तीन अलग अलग ठाउँ बाट निर्माण सुरु गरिएको ३ आयोजना मध्ये कालंगा हाइड्रोमा ३ दशमलव ८ किमि, अपर कालंगामा ८ दशमलव २ किमि र सानीगाडमा २ दशमलव १ किमि गरी १५ किमि सुरुङ निमार्णको काम युद्धस्तरमा भईरहेको छ । ३८.४६ मेगावाटको कालंगा जलविधुत आयोजना, १६ मेगावाटको सानीगाड जलविधुत आयोजना, १० मेगावाट विद्युत् उत्पादन हुने अपर कालंगाको डयामसाइट र बक्स कल्भर्टको काम पनि आधा सकिएको कम्पनिको भनाई छ । सन् २०१६ मै निर्माण सुरु भएर २०२१ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । २०६५ साल देखि सम्भाव्यता अध्ययन थालिएको कालंगा जलविधुत आयोजनाको निमार्ण कार्य पनि ५० प्रतिशत भन्दा बढी सम्पन्न भईसकेको छ । सुरुवाती अनुमान ६५ मेगावाट रहेको यस आयोजना बाट करिव ८० मेगावाट विद्युत् उत्पादन हुने निर्माण कम्पनि कालंगा हाईड्रो प्रा.लिका संचालक खगेश्वर बोहराले बताए । यस आयोजना निर्माणका लागि ३ बैंक सँग ऋण लगानी सम्झौता भएपछि दुई वर्ष अघि बाट निर्माण सुरु गरिएको थियो । १३ अर्ब लागत अनुमान गरिएको आयोजना ५६ प्रतिशत बैंकको र २५ प्रतिशत व्यवसायीको लगानी छ । आयोजनाको १० प्रतिशत सेयर स्थानीयलाई वितरण गरिनेछ ।
त्यस्तै बझाङ सदरमुकाम चैनपुर नजिकै रहेको सुनिगाड खोला बाट ४ बर्ष भित्र उत्पादन गर्ने गरी २५ मेगावाटको अर्काे योजना पनि निर्मार्णाधीन अवस्थामा छ । तल्लो सुनिगाड बाट १७ मेगावाट र उपल्लो सुनिगाड बाट ८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित ओमेगा इनर्जी डेभलपर प्रा.लि ले निमार्ण गर्ने भएको छ । यो आयोजनाका लागी आयोजनास्थल सम्म पहुँच सडक निर्माणको काम सकिन लागेको छ । तीन अर्वको लागतमा निर्माण हुने उक्त आयोजनामा जग्गा अधिकरण लगायतका काम सुरु भएको को कम्पनिले जनाएको छ । तल्कोट गााउपालिकामा प्राधिकरण आफैंले निर्माण गर्न लागेको २ सय १० मेगावाटको चैनपुर सेतीखोला जलविद्युत् आयोजनाको पनि सम्भाव्यता अध्ययन पूरा भई निर्माणको को तयारीमा छ । चिलिमे हाइड्रो पावर प्रा.लि पनि सेती नदीमै १ सय ६५ मेगावाट क्षमताको सेती खोला जलविधुत आयोजना निमार्णको तयारीमा छ । यो आयोजनाको निमार्ण कार्य पनि यसै वर्ष बाट सुरु हुने भएको छ । त्यस्तै साइपाल गाउँपालिकामा निर्माण हुने अपर सेती १ सय ४० मेगावाटको आयोजनाको लाइसेन्सका लागि निजी क्षेत्रकै समृद्धि हाइड्रो पावर कम्पनीले प्रक्रिया अघि बढाएको छ । आयोजना निमार्ण पश्चात बझाङमा औद्योगिक क्षेत्रको विकास हुनुका साथै अकल्पनिय परिवर्तन हुनेमा बझाङवासी विश्वस्त छन् ।
जलविधुत आयोजना निमार्णका वेला हुने साना तिना देखि ठुला झैझगडा, तथा सम्बोधन गर्न नसकिने माग तेस्र्याएर आन्दोलन गरि आयोजना निमार्णमा बाधा पु¥याउने काम भईरहेका छन् । यस विषयमा जिल्लाका सरोकारवाला निकायले आवश्इक कारवाहि प्रक्रिया अघि बढाएमा आउोजनाको काम निर्धाति समयमै सम्पन्न गर्न सकिने निमार्ण कम्पनिहरुले जनाएका छन् । यसरी हेर्दा अन्य जिल्लाहरुको तुलनामा बझाङमा जलविधुतको विकास र सम्भावना धेरै अगाडि रहेको छ । यस्ता आयोजनामा आयोजना निमार्णस्थलका स्थानिय तह र जनप्रतिनिधिहरुले चासो लिनु आवश्यक छ । जलविधुत निमार्ण भै सके पछि यसबाट प्राप्त रोयल्टीले नगरपालिका र गाँउपालिकाको आर्थिकस्तर माथी उठने हुँदा यस विषयमा समबन्धित निकायको ध्यान जान आवश्यक रहेको कालंगा हाईड्रो प्रा.लि का संस्थापक तथा रंगुनखोला जलविधुत आयोजनाका संचालक विरेन्द्र मल्लको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *