loading...

सहिद तथा बेपत्ता परिवारहरुले दश बर्ष लडेर पुगेन कमरेड भन्दा मुटु भक्कानीएर आउँछ : अबको लडाई शहिदका सपना बेचेर खानेहरुका विरुद्धको हो

loading...

मकरराज धामी पुस ३ बझाङ – नेपाल कम्युनिस्ट पार्टीका विप्लव समुहका पोलिट व्युरो सदस्य ओमप्रकास पुनले नेकपाको लडाई सहिदका सपना बेचेरखानेहरुका विरुद्ध भएको बताउनु भएको छ । पहिलो जनयुद्धमा आफ्नो बलिदानी भएपनि जनतले चाहेको बैज्ञानिक समाजवाद नआएकाले जनताकोे मुक्तिका लागि आफ्नो पार्टी सधैं लडिरहने बताएका छन । नेकपाले बझाङ जिल्ला सदरमुकाम चैनपुरमा आयोजना गरेको विशाल जन सभामा सम्बोधन गर्दै उहाँले अहिलेको सरकार नक्कली कम्युनिष्ट, दलाल, पुजीवादी र भ्रष्ट्रहरुको अखडा भएको आरोप समेत लागउनु भएको छ । दश बर्षे जनयुद्धमा सिङ्गो सुदुरपश्चिमका जनताले गरेको योगदानको स्मरण गर्दै उनले जनयुद्धको नेतृत्व गर्नेहरूको धोका दिएको र गलत सम्झौताले जनयुद्धका सपना पुरा नभएको बताए । बैज्ञानिक समाजवादको पक्षमा अभियान चलाई रहदा र जनताको मुक्तीका लागी अघि बढिरहदा पहिलेका सहकर्मि मित्रहरु सहिद तथा बेपत्ता परिवारहरुले दश बर्ष लडेर पुगेन कमरेड भन्दा आफ्नो मुटु भक्कानीएर आउने गरेको स्मरण गर्नु भयो ।

अहिलेको कम्युनिस्ट सरकार काङ्ग्रेस भन्दा पनि भष्ट्र बन्दै गएको यो सरकारबाट जनताले कुनै अपेक्षा नराखेको बताउदै अब देश दोस्रो जनयुद्धको संघारमा पुगेको बताए । पहिलो जनयुद्ध कालो काँग्रेसका कारण भएको हो र अब को दोस्रो जनयुद्ध नक्कली कम्युनिष्ट र सहिदका सपाना बेचेर खाने प्रचण्ड र बादल जस्ता दलालहरुका कारण हुने समेत दावी गर्नु भयो । अबको जनयुद्ध रक्तपातयुक्त नहुने भन्दै बाघको छाला ओढेर बाघ जस्ता देखिने स्यालहरुले जनताको अपेक्षा अनुसार काम नगरे राम्रो नहुने बताए । उनले कम्युनिस्ट सरकारले आफुहरुले उठाएका न्यायपुर्ण माग उपर हस्तक्षेप गरेको भन्दै आफ्ना कार्यकर्ता र जनतालाई दलाल सरकारको प्रतिरोधमा उत्रन निर्देशन समेत दिए ।

हामी भ्रष्टाचारमुक्त समाजको निमार्णमा लागेका छौँ । तर बर्तमान सरकारका प्रतिनिधिहरुले स्थानिय तहलाई भ्रष्टहरुको अखडा बनाएको छ । एका तिर विकास र समृद्धिको नारा लगाउने अर्को तिर तानासाहि प्रवृतिले सासन गर्ने अनि कसरी बन्छ तपाईले सोचेको नयाँ नेपाल भन्दै बर्तमान सरकार माथि प्रश्न समेत तेस्र्याय । सुदुरपश्चिमको विकासमा राज्यको निरिहता र भष्ट्र चरित्रका पुजीवादीसोच भएका काँग्रेस र कम्युनिष्टका नेताका कारण बिकास हुन नसकेको समेत दाबी गरे । शहिदका सपना बेचेर खानेहरुका विरुद्ध एकपटक फेरि सर्घष सहित तपाईंहरूको साथ चाहिएको भन्दै जनतालाई बैज्ञानिक समाजवादको अन्तिम लडाईमा साथ दिन अपिल समेत गर्नु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *