अर्थतन्त्रप्रदेश नं. ७राजनीतिसमाज

प्रतिपक्षदल नेकपाले ग¥यो बुङगल नगरपालिकामा योजनको अनुगमन: काम सन्तोषजनक नभएको ठहर

सुरेस धामी पुस ९ बझाङ – बुङगल नगरपालीकाको प्रमुख प्रतिपक्ष दल नेकपाले वडापालीकाका विभिन्न योजनाहरुको अनुगमन गरेको छ । बुङगल नगरपालिकाको स्थानिय तहमा नेपाली काँग्रेसको स्थानिय सरकार छ । काँग्रेसको सरकार भए पछि तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नगरका विभिन्न योजनाहरुको अनुगमन गर्न अनुगमन समिति गठन गरेको थियो । गएको साउन महिना देखि प्रतिपक्षदलको अनुगमन समितिले नगरपालिका भित्रका विभिन्न योजनाहरुको अनुगमन गर्दै आएको थियो । अनुगमन पछि एक कार्यक्रमका विच बुङगल नगरपालिकाको वडा नं ९ देउलीकोटका विभिन्न योजनाहरुको अनुगमन प्रतिवेदन समेत सार्वजनिक गरिएको छ । वडाका ९० योजना मध्य ९ वटा योजना को काम सन्तोषजनक नरहेको अनुगमन समितिको ठहर छ । ती योजनाहरुको रकम निकासा भएर पनि काम नभयको अनुगमन समेतिले जनाएको छ । छिनगैडा जनचेतना प्रा वि सम्मको खानेपानी मर्मत, पारीवगड खाजेपानी मर्मत, भिडिगैरा खानेपानी मर्मत, तल्लोबादी खानेपानी मर्मत, कोल्गैरा खानेपानी मर्मत, कोट खानेपानी निर्माण, केदार मन्दिर निर्माण र निमिली आधुनिक घट्ट तथा आरन निर्माणका योजना हरुको रकम निकासा भईसक्दा समेत काम भएको छैन । अन्य ३९ वटा योजनाको काम सम्पन्न भई वजेट निकासा समेत भई सकेको छ । ती योजनाको काम सन्तोषजनक रहेको समितिको ठहर छ । वडाका १५ योजनाको काम अझै पनि सुरु भएको छैन । भने ७ वटा योजान निमार्णधिन अवस्थामा रहेका छन् । एक लाख दश हजारको लागत रहेको दुदिला खानेपानी मर्मतको काम नभई पुरै निकासा भइसकेको छ । काम नभए पनि रकम खर्च गरेर २८ हजार मात्र निर्माण समितिका अध्यक्ष जसविर कामी संग बचत रहेको अनुगमन समेतिका संयोजक मान बहादुर बिष्टले बताए । बाँकी १९ योजनाको निर्माण समेतिका अध्यक्ष बाट आय व्ययको यकिन तथ्याङ्क नपायको अनुगमन समेतिले जनाएको छ ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *