loading...

आर्थिक अभावमा पिल्सिदै दुर्गम क्षेत्रको मजखोरी माध्यामिक विध्यालय

loading...

मकरराज धामी पुस ९ बझाङ – बझाङका ग्रामिण भेगका सामदायिक विध्यालयहरु आर्थिक अभावका कारण पिल्सिदै आएका छन् । आर्थिक अभावका कारण विद्यालयहरुमा भौतिक संरचना तथा अन्य व्यवस्थापनमा समस्या हुने गरेको छ । भौतिक संरचनाको अभावले पठनपाठनमा समस्या हुने गरेको छ । उचित कक्षाकोठाको व्यवस्था नहुँनु, शौचालयको व्यवस्था नभएका कारण पठनपाठनमा समस्या हुने गरेको छ । छविसपाथेभेरा गाँउपालिका वडा नं ७ मा रहेको मजखोरी मा.वि मा पनि यस्तै समस्या भएको छ । २०१७ सालमा स्थापना भएको उक्त विद्यालयमा आवश्यकता अनुसारका भवन र कक्षा कोठा तथा शौचालय नहुदा समस्या हुने गरेको प्रधानाध्यापक जनक बोहराले बताए । तीन बर्ष अघि तत्कालीन जिल्ला शिक्षा कार्यालय बाट ४ कोठे भवन पाउनु बाहेक अन्य कहि कतै बाट सहयोग नपाएको उनको गुनासो छ । विद्यालयका ५ वटा भवन मध्य ४ वटा २ कोठे भवन अभिभावकहरुको श्रमदान बाट निमार्ण गरिएका छन् । कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालयमा आर्थिक समस्याका कारण भौतिक संरचना निमार्ण तथा निजी शिक्षकहरुको तलब भत्ता दिन नसक्दा समस्या हुने गरेको उनको भनाई छ ।
माध्यामिक तह र उच्च माध्यामिक तहमा गरि जम्मा ४ सय ५० जना रहेको उक्त विद्यालयले विविध कार्यक्रम गरेर निजी शिक्षकहरुलाई तलब भत्ता खुवाई रहेका छन । मा.वि, नि.मा.वि र प्रा.वि तहमा ३÷३ वटा राहात तथा दरबन्दी र बालकक्षा भए पनि विध्यार्थी अनुपातमा शिक्षक पर्याप्त नहुँदा पठनपाठनमा समस्या आएको हो । विध्यालयको समस्या बारे जिल्लाका सरोकारवाला निकाय, स्थानिय तह र जनप्रतिनिधिलाई जानकारी गराएको भए पनि आफ्ना मागको बारेमा कसैले वास्ता नगरेको उनको भनाई छ । उनले भने गुणस्तरिय शिक्षाको कुरा गर्ने तर विध्यालयको समस्याको समाधानका लागी वास्ता नगरे कसरी शिक्षा गुणस्तरि हुन सक्छ । जिल्ला बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरुले समेत संसदकोषको रकम आफ्ना नजिकका आसेपासेलाई मात्र दिने गरेको भन्दै आफ्नो समस्या पनि बुझीदिन अनुरोध गर्नु भएको छ । कहिले काँहि विध्यालयको प्रासासनिक खर्च र पिसिएफ बाफत प्राप्त रकमले शिक्षकको तलब भत्ता दिनु पर्ने भएकाले गााउपालिकाले पालिका भित्रका हरेक विध्यालयको अवस्था हेरी स्थानिय तह बाटै शिक्षकको व्यवस्था गर्नु पर्ने उनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *