loading...

तीन वर्षदेखि अलपत्र बैतडीको सुन्दरखाली क्रिकेट मैदान निर्माणको काम सुरु 

loading...

बैतडी- तीन वर्षदेखि अलपत्र परेको बैतडीको सुन्दरखाली क्रिकेट मैदान निर्माणको काम सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले निर्माण सुरु गरेको खेल मैदान अलपत्र छोडेपछि दशरथचन्द नगरपालिकाले खेलमैदान निर्माणको काम सुरु गरेको हो । राष्ट्रिय खेलकुद परिषदले ११ करोडको लागत अनुमानसहित सदमुकाम नजिकै रहेको सुन्दखालीमा दशरथचन्द क्रिकेट स्टेडियमको निर्माण गर्ने भनिए पनि तीन वर्ष अघिदेखि निर्माण कार्य रोकिएको थियो ।
सुरुमा राखेपले दिवा÷चन्द्रा एण्ड वसन्ता जेभीसँग १ करोड ४० लाखमा मैदानको ६० घनमिटर कटान र वाल लगाउने हिसाबले ठेक्का सम्झौता गरेको थियो । राखेपले बजेट नदिँदा खेलमैदान निर्माण कार्य अलपत्र परेको थियो । खेल मैदान नहुँदा खेल गतिविधि रोकिएपछि नगरपालिकाले खेल मैदान निर्माण गर्न पहल थालेको हो । खेलमैदान निर्माणका लागि २५ लाख बजेट विनियोजन गरेको उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो ।
क्रिकेट खेल र नेपालमा यसको बढ्दो प्रभावलाई मनन गर्दै क्रिकेट खेल र नेपालमा खेलाडिको अभ्यासका लागि क्रिकेट मैदान आवश्यक रहेको उहाँले बताउनुभयो । यसैगरी क्रिकेट एसोसिएसन नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुहुन्छ ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान र्पुयाएका खेलाडीहरुले पनि नेपालमा पर्याप्त मात्रामा अभ्यास गर्न पाएका छैनन् । खेलमैदानको अभावले क्रिकेट प्रतियोगिताहरु सञ्चालन पनि हुन सकेका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *