loading...

अपाङगता भएका व्यक्तिहरुको जिविका पार्जनका लागि ३ दिने तालिम

loading...

सत्यराज सिहँ पुस १० बझाङ अपाङगता भएका व्यक्तिहरुको जिविका पार्जनका लागि ३ दिने तरकारी तथा बाख्रापालन तालिम सम्पन्न । umn को र प्रगतिशिल युवा समाजको आर्थिक सहयोगमा खप्तडछान्ना गाउँपालिकाको प्राविधिक सहयोगमा खप्तड छान्ना गाउँपालिकामा रहेका १० जना अपाङ्गता भएका व्यक्तिmहरु लाई तरकारी तथा बाख्रापालन तालिम दिएको प्रगतिशिल युवा समाजका परियोजना संयोजक यज्ञराज जोशीले बताउनु भयो । बिशेष गरेर अपाङ्गता भएका व्यक्तिmहरुलाई आर्थिक रुपमा आत्म निर्भर बनाउने र आयआर्जनमा टेवा पु्ययाउने उदेश्यले पुष ८ गते देखि १० गते सम्म अपाङगता भएका व्यक्तिmहरुलाई तालिम दिएको जोशीले बताउनु भयो । उक्त कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै खप्तडछान्ना गाउँपालिका अध्यक्ष वर्क रोकायाले भने अपाङगता भएका व्यक्तिहरु मदिरा सेवन गरी हिड्नु भन्दा तरकारी खेति गर्नु पर्नेमा जोड दिदै आफुले गाउँपालिका बाट गर्ने सहयोगमा समेत पछि नपर्ने र तरकारी खेतिका लागि आवश्यक पर्ने टनेल, विउ ,विजन समेत सहयोग गर्ने उहाँले बताउनु भयो । अध्यक्ष रोकायाले भने आफु पनि लामो समय देखि तरकारी खेतिमा लागेकाले आफु जस्तै व्यवसायि बन्न समेत अपाङगता भएका व्यक्तिmहरुलाई आग्रह गर्नु भयो । तालिममा सहभागि खप्तडछान्ना गाउँपालिका ३ हरियालि अपाङगता सञ्जालका अध्यक्ष पुष्प खड्काले भने आफुहरुले व्यवसायि तरकारी र बाख्रापालन तालिम पाए पछि आफु तरकारी खेति तर्फ लाग्ने समेत बताउनु भयो । विगत केहि वर्ष देखि प्रगतिशिल युवा समाजले अपाङगता भएका व्यक्तिहरुका लागि क्षमता अभिवृिद्घ र अपाङगता मैन्त्री संरचनाका लागि काम गर्दे आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *