प्रदेश नं. ७मुख्य खबरराजनीति

आफैले गरेको निर्णय लुकाउदै सुदुरपश्चिम प्रदेश सरकार: प्रदेश सभाका दुई सदस्यलाई ७ लाख दिने निर्णय लुकाएको खुलासा

कैलाली- सुदुरपश्चिम प्रदेश सरकारले दुर्घटनमा घाईते भएका सुदूर पश्चिम प्रदेश सभाका दुई सदस्यलाई ७ लाख दिने निर्णय लुकाएको खुलासा भएको छ । गत भदौ २८ गते सुदूरपश्चिम प्रदेशको मन्त्री परिषदले प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुमारी नन्दा बमलाई उपचार खर्च दिने भनेर गरेको निर्णय लुकाएको पाईएको हो । धनगढीमा दुर्घटनामा घाईते भएका नेकपाका प्रमुख सचेतक तारा लामा तामाङलाई बढीमा ६ लाख र कुमारी नन्दा बमलाई बढीमा एक लाखसम्मको उपचार खर्च दिने मन्त्री परिषदले निर्णय गरेको कुरा लुकाईएको पाईएको छ । तामाङले दश लाख आर्थिक सहयोग प्रदेश सभा सचिवालयमा माग गरेको बताईएको छ । कुमारी नन्दा बमले भने एक लाख मात्र खर्च मागेको बुझिएको छ। डडेलधुरा बस दुर्घटनामा घाईतेलाई बिमाबाट रकम दिलाउने भनेर पन्छिएको प्रदेश सरकारको सांसदलाई रकम दिने अन्तिम चरणमा रहेको छ ।

सुदूर पश्चिम प्रदेश सभाको सचिवालयमा दुई जना सदस्यहरुले उपचार खर्चको माग गरेपछि मन्त्री परिषद्ले ७ लाख रकम दिने निर्णय लुकाएईएको हो । गत भदौ २८ गतेको सुदूर पश्चिम प्रदेशको मन्त्री परिषदको वैठकले दुवै जनालाई दुर्घटना खर्च दिने निर्णय गरेकोमा रकम दिने तयारी भएका वेला यसको खुलासा भएको हो । मन्त्री परिषद्को निर्णय कार्यान्वयन गर्दै दुवै जनालाई रकम दिने तयारी अन्तिम चरणमा पुगेको छ । सुदूर पश्चिम मन्त्री परिषदले सामाजिक विकास मन्त्रालयलाई बढीमा ६ लाख लामालाई र बढीमा एक लाख कुमारी नन्दा बमलाई दिन पत्र पठाएको छ । सुदूर पश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले सामाजिक मन्त्रालयलाई रकम समेत दिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले बताए ।

सुदूर पश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई भेटेर उनीहरुले उपचार खर्च दिन आग्रह गरेपछि प्रक्रियागत रुपमा मन्त्री परिषद् मार्फत निर्णय गर्दै सात लाख रकम दिने प्रक्रिया अगाडी बढिरहेको छ ।  सत्ता पक्षीय दल नेकपाका प्रमुख सचेतक समेत तामाङले दश लाख रकम उपचार खर्च माग गरेकोमा उहाँलाई ६ लाखसम्म दिने निर्णय भएको थियो । आफै १० लाख माग गर्नुभएका तामाङ प्रतिक्रिया माग्दा अव रकम नलिने घुर्की लगाउँछन् । नेपाली कंग्रेसबाट निर्वाचित सुदूर पश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिकी संयोजक समेत रहेकी कुमारी नन्दा बमले पनि माग गरे अनुसारको रकम पाउँदा समेत यो बिषयमा बोल्न मानिनन् । दुर्घटना भएमा त्यसको रकम बिमाले तिर्ने भएपनि प्रदेश सभाका दुई जना सदस्यले भने राज्यको ढुकुटीबाट निवेदन दिदै रकम माग गरेका हुन् । सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डडेल्धुरामा भएको बस दुर्घटनाका घाईतेको उपचार खर्च प्रदेश सरकारले दिने घोषणा गरेकोमा अहिले भने बिमाले तिर्ने भन्दै बोली फेरेका छन् । प्रदेश सरकारले बस दुर्घटनामा घाईते भएकाहरुलाई एक रुपैया पनि नदिएका वेला तर प्रदेश सभा सदस्यलाई भने सुटुक्क रकम दिन भनिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताए ।

पुर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीको गाडीले ठक्कर दिएर घाईते भएका सुरेन्द्र चन्दको उपचार खर्च पनि प्रदेश सरकारले दिन सकेको छैन्। तर प्रदेश सभा सदस्यहरुको दुर्घटना खर्च दिन प्रदेश सरकारले तुरुन्तै पहल गरिसकेको छ । यस बिषयमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता मानसिंह विष्टले बोल्न मान्नु भएन्। १८ जनाको मृत्यु र २७ जना घाईते भएको डडेल्धुरा बस दुर्घटनाका घाईते मध्ये वीमा कम्पनीले ३० जनाको मात्रै खर्च दिने भएको छ भने  १५ जना घाईतेले उपचारमा लागेकै खर्च नपाउने भएका छन्। काठमाण्डौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएका कैलालीको गौरीगंगाका सुरेन्द्र चन्दलाई पनि सरकारले कुनै आर्थिक सहयोग गरेको छैन्। – दिनेशखबर

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *