loading...

बुङगल नगरपालिकामा काँग्रेस बाट निर्वाचित वडा सदस्यले गरे बृद्धबृद्धालाई न्यानो लुगा वितरण

loading...

मकरराज धामी पुस १३ बझाङ – बझाङको बुङगल नगरपालिका वडा नं ६ का वडा सदस्य जीत बहादुर कुँवरले बृद्धबृद्धा र अशक्त व्यक्तिहरुलाई न्यानो लुगा वितरण गरेका छन । आफुले पाउने बैठक भत्ता तथा पाउने अन्य सुविधा बाट जम्मा गरेको रुपैयाले नगरपालिकाको वडा नं ६ भित्रका सम्पुर्ण बृद्धबृद्धा, असक्ता, असाहय, अपाङ्गता भएका ४३ जनालाई न्यानो लुगा वितरण गरेका हुन । केहि दिन यता बझाङमा अत्याधिक चीसो बढेको छ ।

चीसोका कारण सबै भन्दा बढी असर बृद्धबृद्धा र बालबालिकामा परेको छ । आफु पनि हुने खाने परिवारको मान्छे होईन । तर बृद्धबृद्धा र असाहयहरुको अवस्था देख्दा आफ्नो मन थाम्न सकिन । स्थानिय सरकारको दायित्व पनि हो । अरुले गरुन या नगरुन म आफै गर्छु भनेर न्यानो लुगा वितरण गरेको वडा सदस्य जीत बहादुर कुँवरको भनाई छ ।

उनले भने म संग पनि केहि छैन । धेरै किन्न सक्ने अवस्था रहेन सहयोग कसैले गरेन । आफु संग जति थियो त्यतिमा न्यानो लुगा किनेर वितरण गरेको हुँ । बढदै गएको चीसोलाई मध्यनजर गर्दै नेपाली काँग्रेसबाट निर्वाचित वडा नं ६ का वडा सदस्य कुँवरले बल्याङकेट, ज्याकेट र सल वितरण गरेका हुन । आज एक कार्यक्रमका विच वडा भित्ररहेका २० जना महिला, १८ जना पुरुष र ५ जना फरक क्षमता भएका व्यक्ति लाई न्यानो लुगा वितरण गरेका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *