प्रदेश नं. ७समाज

भ्रामक समाचार प्रकाशन गरेको भन्दै बित्थड चिर गाउपालीकाद्घारा विज्ञप्ती

केश बिस्ट बझाड  पुष २०  बझाङको “विथ्थडचिर गाँउपालिका जनप्रतिनिधिले आफ्ना मान्छे समितिमा नभएको भन्दै जनप्रतिनिधिलेनै रोके सडक निर्माणको सम्झौता” भनेर विभिन्न सञ्चार माध्यममा प्रकाशन भएको समाचार भ्रामक र तथ्यहिन भएको भन्दै गाउँपालिकाले विज्ञप्ती प्रकाशन गरेको छ ।

व्यक्तिगत पुर्व आग्रही ढंगले गाउँपालिका उपाध्यक्षको चरीत्र हत्या गर्ने मनसायले समाचारमा तथ्यहिन कुराहरु जोडेर जनमानसमा भ्रम फैलाउने किसिमले फैलिएको नक्रात्मन सुचना प्रति समग्र गाउँपालिको ध्यानार्कषण भएको गाउँपालिका प्रवक्ता हर्क धामीले बताए ।
वडा नम्बर ९ को धारी डोबा ग्रामिण सडक उपभोक्ता समिति गठन पक्रियामा एकलौटी रुपमा गरेको भन्दै २–३ जनाले गाउँपालिका न्यायिक समितिमा निवेदन दर्ता गराएको र त्यसको छानबिन गर्न कही समय लागेकोले सम्झौता हुन ढिलाई भएको विज्ञप्तीमा उल्लेख छ ।
कार्यपालिकाले समेत उक्त गठीत समितिलाईनै आधिकारीकता दिने भन्दै निर्णय गरेको र कर्मचारी कार्यालय बाहीर भएर सम्झौताको काम ढिलाई भएको अवस्थामा समतिका सचिव अमर बिष्टले दर्ता भैसकेको फाईल कार्यालयमा आएर च्यात्नु अनैतिक कार्य भएको गाउँपालिकाको ठहर छ ।
पारिवारिक आन्तरीक विवादलाई लिएर वडा नम्बर ९ का अध्यक्ष कलक बिष्ट र समितिका सचिव अमर बिष्टले समग्र गाउँपालिका जनप्रतिनिधिको चरित्र माथि आच पुग्ने गरी सञ्चार माध्यममा भ्रम फैलाएको गाउँपालिका उपाध्यक्ष जानकी बोहराको दाबि छ ।
उने वडा अध्यक्ष बिष्टलाई आफुले मिडिया संग बानलेको तथ्यहिन कुरा प्रमाण्ीत गरेर देखान चुनौती संगै आम जनमानसमा भ्रामक समाचार नफैलाउन समेत आग्रह गरेकी छन् ।
गाउँपालिकाको सो ग्रामीण सडकका लागी ५८ लाख रुपैयाँ समितिसँगै सम्झौता गर्ने निर्णय भएको समेत उपाध्यक्षले जानकारी दिईन् । उपभोक्ता समिति गठन गर्दा तीनजना वीरबहादुर ढाँट, राईभान बोहरा र मोहन बोहराले उम्मेद्धारी दिएका थिए । कुनै सहमति अर्थात बहुमतिय पक्रियामा नगई वीरबहादुर ढाँटलाई उपभोक्ता समितिको अध्यक्ष चयन गरिएको भन्दै अन्य दुई जनाले निवेदन दिएका थिए ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

Tags
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *