Uncategorizedजीवनशैली/स्वास्थ्यप्रदेश नं. ७

स्वास्थ्य अधिकार वर्ष पुस्तक निकालीदै

सत्यराज सिंह
धनगढी स्वास्थ्य अधिकारका घटनाहरु लाई उजार गर्ने र यसमा राज्यलाई जवाफदेही र जिम्मेवार बनाउन काठमाण्डौमा रहेको प्राथमीक स्वास्थ्य सेवा केन्द्र ( रेस्फेक)ले आउदो बैशाख देखी स्वास्थ्य अधिकार वर्ष पुस्तक निकाल्ने भएको छ ।

यस पुस्तकका लागी रेस्फेकले नेपालका ५८ जिल्लामा स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला संजालहरु गठन गरी स्वास्थ्य अधिकारका क्षेत्रमा सचेतना जगाउदै आएको छ ।

नेपालको संविधानले नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार लाई मौलिक अधिकारका रुपमा लिएको भएपनि अझै धेरै मानिसहरु स्वास्थ्य सेवाको पहुच वाहिर रहेका र निशुल्क पाउने भनेको स्वास्थ्य सेवा नपाएको हुदा मुलुको स्वास्थ्य सेवा सर्व सुलभ र सहज रुपमा पाउने वातावरणका लागी पुस्तक निकाल्ने खोजेको रेस्फक सस्थाकी कर्मचारी चन्द्रकिरण श्रेष्ठले वताईन् ।

रेस्फेकले संञ्जाल गठन गराएका ५८ जिल्लामा एक जना संयोजक र एक जना सहजकर्ता लाई स्वास्थ्य अधिकार हननका घटना सम्वन्धी तालीम दिएर वर्ष पुस्तकमा समावेस गर्नका लागी घटना फारम र सेवा ग्राही फारम भर्नेकाम सुरु गराएको छ ।

गएको जेठ वाट हामीले स्वास्थ्य संघ सस्थामा गएर सेवाग्राही फारम र सेवा लिदाँ असन्तुष्टि भएका विरामीहरु संग अन्तरवार्ता गरेर फारम भर्ने काम गरेका छौ डडेलधुराकी सहकर्ता माया देउवाले भनिन् बैशाखमा हुने पुस्तक प्रकासनले स्वास्थ्य सेवाका लागी फलदायि हुने छ ।

वर्ष पुस्तकको तयारीका लागी रेस्फेकले सात वटै प्रदेशको केन्द्रमा जिल्ला संयोजक र सहकर्ताहरु संग जिल्लामा देखिएको स्वास्थ्य अधिकारहननका घटना फारम भर्दा के कस्तो समस्या आयो भनेर अभिमुखीकरण गरेको छ । बुधबार सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लाका सहभागीहरु संग रेस्फेकले वर्ष पुस्तकमा राखीने स्वास्थ्य अधिकार घटनाका विषयमा धनगढीमा छलफल गरेको थियो । साथै यस संस्थाले नसर्ने रोग न्युनिकरण गर्नका लागी पनि समुदायमा सचेतीकरण गर्ने सञ्जालहरु लाग्नु पर्ने जोड दिएको छ ।

जसरी ईन्सेकले मानब अधिकार वर्ष पुस्तक निकाल्ने गरेको छ त्यस्तै खालको हामीले पनि स्वास्थ्य अधिकार हनन् भएका घटनाहरु समेटेर स्वास्थ्य अधिकार वर्ष पुस्तक यो वर्ष वाट नियमित निकाल्न खोज्दै छ स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण सुदुरपश्चिम प्रदेशका संयोजक कृष्णसिंह देउवाले भने यो पुस्तक २)७६ बैशाखमा प्रकासन हुदैछ । उनका अनुसार वर्ष वर्षमा नियमित प्रकासन हुने यो पुस्तकले सरकारलाई स्वास्थ्य क्षेत्रमा काम गर्न जवाफदेही बनाउने छ र नागरिकहरु लाई स्वास्थ्य अधिकारको प्रत्याभुत हुने वताए ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

Tags
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *