loading...

बझाङ प्रहरीको मिसन / जुवाखेल, चरेस कारोवार गर्ने र अपराधि गतिविधि लाइ निषेध गर्ने

loading...

सत्यराज सिंह
बझाङ २५ पुस
जिल्लामा प्रहरीकै रोहबरमा जुवातास खेलाउने गरेको र चरेस समेत ओसार पसार गरेको भन्ने केहि संचारमाध्यमहरुले प्रहरीहरु लाई आरोपित गरि रहेका बेला बझाङ प्रहरीले भने पछिल्लो समय चरेस बरामद र जुवातास नियन्त्रणमा निकै सक्रियता देखाएको छ ।
प्रहरीकै सक्रियतामा अहिले सदरमुकाम चैनपुरमा जुवातास खेल्ने खेलाउने काम बन्द भएको छ भने चरेस तस्करहरु महिनै पिच्छे प्रहरीको फन्दामा पर्न थालेका छन् । बुधबार पनि प्रहरीकै सक्रियतामा बुंगल नगरपालिका बिजगडामा २ केजी ४ सय ८ ग्राम लागुऔसध (चरेस ) सहित एक जना पक्राउ गरेको छ । अस्थाई प्रहरी बिट बिजगडा चौकिमा चेकजाचँ गर्ने क्रममा मंगलबार राती कैलालीको चुरे गाउँपालिका – ५ बस्ने बर्षिया जय बहादुर धामीलाई चरेस सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक प्रविण धितालले वताए ।
गोप्य सुचनाका आधारमा लागुऔषध ( चरेस)को कारोबार गर्ने मानिस चरेस लिएर आउदै गरेको जानकारी पाएपछि प्रहरीले जय बहादुर धामीको पिछा गरेको थियो । रोयल ईनफीन्यड वान टेस्ट मोटरसाईकलमा बिजगडाबाट बगथलासम्म जादै गरेको अबस्थामा दुईजना लाई झोलामा लुकाई छिपाई राखेको तिन पोका चरेस बरामद गरेको हो । मोटर साईकलमा चढेको अर्को एक जना भने प्रहरीदेखे पछि फरार भएको छ । यस अगाडी पनि प्रहरी नायब उपरिक्षक प्रविण धितालले जिल्लामा आउने वित्तीकै तिन टोली चरेस तस्करी सहित २२ केजी चरेस समातेको थियो । म आएपछि जिल्लामा अपराध नियन्त्रण सहित केहि गलत गतिविधि नियन्त्रण गर्न खोज्दा जिल्लाकै संचारक्रमी साथीहरु वाट असहयोग भएको दुखेसो वताउदै उनले भने म निस्वार्थ भएर काम गरेको छु यसमा सवैको सहयोग आवस्यक छ । जिल्लामा धेरै वर्ष अगाडीदेखी व्यावसायिक रुपमा हुने गरेको जुवातास आफु आएपछि बन्द गराएको पनि उनले दावी गरे । यसका साथै चरेस र अन्य अवैध धन्दागर्नेहरु सवै मेरो टारगेटमा रहेको पनि उनले भने । उनले सदरमुकाम चैनपुरमा व्यावसायिक रुपमा हुने गरेको जुवाखेल खेल्ने खेलाउने २ वटा समुह लाई पनि प्रकाउ गरि मुद्दा चलाएको थियो । केहि नामुद जुवा खेलाडीहरु लाई मुद्धा चलाएपछि अहिले चैनपुरमा जुवातासखेलमा कमी आएको सुनिन्छ । यसका साथै प्रहरीकै मिलोमतोमा जुवातास हुने गरेको व्यापक जनगुनासो आएपछि डिएसपी प्रविण धितालले यस्तो कार्यमा संलग्न भएका २ / ३ जना प्रहरीहरु लाई पनि विभागिय कार्वाही गरेको वताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *