loading...

लेकाली भेगमा हिमपात सुरु भए सँगै बझाङमा जंगली जनावर र पन्छीको चोरीरसिकार

loading...

मकरराज धामी पुस २७ बझाङ – लेकाली भेगमा हिमपात सुरु भए सँगै बझाङमा जंगली जनावर र पन्छीको चोरीरसिकार गर्ने क्रम तीव्र रूपमा हुने गरेको छ । मंसिर देखि माघ महिना सम्म यहाँका उच्च हिमालि भेगमा हिमपात सुरु हुने र हिँउ बाट जोगीन जंगलि पशुपन्छी न्यानो खोज्दै हिडेको मौकामा सिकारीहरुले सिकार गर्ने गरेका छन् । हिँउ परे पछि हिउँमा फसेका जनावर र चिसाले औलतिर झरेका पन्छीको सिकार गर्न सजिलो हुने भएकाले हिमाली क्षेत्रका बासिन्दाहरु सिकार खेल्न जाने गर्छन् । सिकारीहरूले बन्दुक, भाला, हँसिया, लाठी लगायत घरेलु हतियार प्रयोग गरी रतुवा, घोरल, झारल, थारल, बँदेल, डाँफे, कालिजको सिकार गर्ने गरेका छन् । हिमाली भेगमा सिकारको सिजनसुरु भएसँगै काँडा, सुर्मा, दौलिचौर, रिलु, दहबगर, लेकगाउँ, मेलबिसौना, कैलाशका विभिन्न वन क्षेत्रमा चोरी सिकार भइरहेको स्थानीयहरु बताउँछन् ।
दुई चार वर्षअघि गाउँ नजिकै प्रशस्त पाइने डाँफे लगायतका पन्छी र जंगली जनावरहरू आज भोलि मुस्किलले देखिने गरेको बुङगल नगरपालिका वडा नं २ का वीर बहादुर धामीले बताए । केही वर्ष पहिला सम्म हिउँ पर्दा मृग र डाँफे लगायतका पशुपन्छी गाउँमै आउँथे तर अहिले लेकतिर मात्र फाट्ट फुट्ट भेटिन्छन तै पनि देख्न लाई मुस्कील पर्दछ । हरेक वर्ष हिउदको समय सुरु भए संगै चोरी सिकार हुने भएको भए पनि यस्को नियन्त्रणमा कसैको ध्यान जान नसकेको उनको भनाई । हिउँदयाम सुरु भसंगै ग्रामिण क्षेत्रहरुमा जंगलि जनावर तथा पन्छीको मासु खुलेयाम विक्रि हुने गरेको पाईन्छ ।
बेला बेलामा स्थानिय प्रसासन र जिल्ला वन कार्यालयको समन्वयमा चोरी सिकार नियन्त्रणका लागी विभिन्न अभ्यास भएको भए पनि नियन्त्रण भने हुन सकेको छैन । बर्षेनि चोरी सिकारीले डरलाग्दो रुप लिईरहेको भए पनि हिउँदको समयमा प्रसासन पनि मौन देखिन्छ । जंगली पशुपन्छीको मासु जिल्ला सदरमुकाम लगायत विभिन्न व्यापारिक केन्द्र रहेका स्थानिय बजारहरुमा खुलेयाम विक्रि भईरहेको छ । विशेष गरि डाँफे, कालिज, घोरल, रतुवा, थार लगायतका जंगली पशुपन्छीको मासु खुलेयाम विक्रि हुने गरेको छ । जंगली पन्छी डाँफे, मुनाल र कालिज ३ देखि ५ हजार रुपैयाँ र जंगली जनावरको मासु प्रतिकेजी १ हजार ५ सय रुपैयाँसम्म बिक्री हुने गरेको पाईएको छ ।
भौगोलिक विकटता,जनशक्ति अभाव र उच्च हिमालि क्षेत्र भएकाले चोरी सिकारले डरलाग्दो रूप लिएका कारण यसलाई नियन्त्रण गर्न विशेष योजना बनाइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपि प्रविन धितालले बताए । चोरी सिकारी नियन्त्रणका लागी कुन ठाउँमा सिकार हुन्छ र कुन नाका भएर ओसारपसार हुन्छ भन्ने विषयमा गम्भीररुपले अध्ययन गरिरहेको र विशेष टोली परिचालन समेत गरिएको उनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *