प्रदेश नं. ७भिडियोमनाेरञ्जनमाेडलसंगीतसाहित्य/कला

अधुरो माया बोलको गितको म्युजिक भिडियो बझाङमा छायाङ्कन हुदै,

सत्यराज सिहँ माघ १७ बझाङ—कलाकार लोकेश बिसिले चर्चित गाएक स्वरुपराज आचार्यको आवाजमा रहेको अधुरो माया बोलको गितको म्युजिक भिडियो बजारमा ल्याउने भएका छन् । बझाङ जिल्लाका बिभिन्न सुन्दर स्थानका छायाङ्कन भईरहेको अधुरोमाया बोलको गितका निर्देशक लोकेस बिसीले उक्त म्युजिक भिडियो युवा पिडीको मनमुटुमा बस्न सफल हुने बताउनु भएको छ ।
यस भन्दा अगाडि बझाङको सदरमुकाममा स्थापना गरिएको सुर्मादेवि प्रोडक्सन प्राली बाट एलवि चन्द र भावना चन्दको फुलवारि भन्ने डान्सिङ गितको अपार सफलता पछी फरक खालको गित “अधुरो माया” बोलको गितको म्युजिक भिडियो बजारमा आउने भएको हो । उक्त गित अहिले सुटिङ भईरहेको बिकले जानकारी दिनु भयो ।
यो गितमा बझाङका कलाकार दशरथ जप्रेल र धर्मा गिरि लगाएतका नव कलाकारले अभिनय गरेका छन् । यस्तै गितलाई छायाङ्कन गर्ने क्रममा क्यामरा मेनको जिम्मा बिर्ख वोहराले सम्हालेका छन ।
यस गितका निर्देशक लोकेश बिसीले यस अघिनै दर्जन भन्दा बढि म्युजिक भिडियोमा आफै मोडलिङ्ग गर्नुका साथै डाईरेक्सन र सितको थोपा फिल्ममा समेत अभिनय गरि सकेका छन् ।
सुटिङ हुने बित्तकै अधुरो माया बोलको मोडन गित केहि दिनमै युटुवमा सार्वजनिक हुने माता सुर्मादेवी प्रोडक्सन प्रालीले जनाएको छ । कलाकार आचार्याले यस अघि पनी थुप्रै मन छुन सफल र बजार तताउन सफल गितहरु श्रोता तथा दर्शकहरु माझमा पस्कि सकेका छन ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *