loading...

पश्चिम सेती बनाउन ल्याएका सामान लग्यो थ्री गर्जेजले ,

loading...

सत्यराज सिहँ धनगढी । कैलाली चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागी ढुवानी गरिएका निर्माण सामाग्री फिर्ता लिएको छ । कम्पनीले आयोजना बनाउन नसकिने भन्दै हात झिकेपछि निर्माण सामाग्री हेलिकप्टर मार्फत फिर्ता लगेको हो । थ्री गर्जेजले निर्माण स्थल डोटीको बानेडुग्रीसैनबाट केही सामान गाडी मार्फत लगिसकेको थ्री गर्जेजल बाँकी रहेका अन्य सामान भने उसले सिम्रिक एयरको हेलिकप्टर मार्फत फिर्ता लगेको हो ।

पहिले पश्चिम सेती निर्माण हुने भन्दै खुसी भएका स्थानियहरु आयोजना बनाउन नसकिने भन्दै निर्माण सामाग्री पनि निर्माण स्थलबाट फिर्ता लगिएपछि आयोजना निर्माण हुनेमा आशंका झन बढेको छ । ३६ वर्षदेखि अल्झिएको पश्चिम सेतीलाई कसरी अगाडी बढाउने भन्ने अन्यौलता सुल्झाउन सरकारी पक्षकै आलटाल भईरहेको छ ।

चिनियाँ कम्पनी थ्री गर्जेजले आयोजनाबाट हात झिकेपछि निर्माणको खाँका तयार पार्न दुई मन्त्री सहितको तीन सदस्यीय टोली अध्ययन टोली गठन गर्दै निर्माणको मोडालिटी माग गरिएकोमा उनीहरुबाटै काममा लापरवाही र ढिलासुस्ती भईरहेको छ । सो समितीले ५ सदस्यीय प्राविधिक टोली बनाएर अध्ययन गर्न लगाएकोमा हाल आएर अध्ययन समिती पनि संयोजक विहीन भएको छ । ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउनका लागि लगानी बोर्डको बैठकले चिनियाँ कम्पनी थ्री गोर्जेजलाई खारेज गर्दै त्यसलाई कसरी अगाडि बढाउने भन्नेबारे थप अध्ययन गर्नका लागि समिति गठन गरेकोमा सो समितीले पनि प्राविधिक विषयमा अध्ययन गर्न उप समिती गठन गरेकोमा समितीले काम नसक्काउँदै समिती संयोजक बिहिन भएको छ ।
उर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेको संयोजकत्वमा रहेको टोलीबाट घिमिरेलाई मन्त्रालय वोलाईएपछि प्राविधिक अध्ययनको काम पनि अलपत्र परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *