loading...

नेबिसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन,,

loading...

रिदम सिंह, १८ माघ धनगढी कैलाली,,
नेपाल विद्यार्थी संघ कैलालीले चर्को नाराबाजी गर्दै सुक्रबार अपरान्ह सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रधानमन्त्री केपी शर्मा वलीको पुत्ला दहन गरेका छन् । शुक्रबार दिउँसो नेपाल विद्यार्थी संघ कैलालीका विद्यार्थी नेताहरुले सरकार विरुद्ध नारावाजी गर्दै प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

विद्यार्थी नेताहरुलाई प्रहरीले रोक्ने प्रयास गर्दा केहीबेर दाहोरो तनाब समेत सिर्जना भएको थियो । विरोधमा उत्रिएका विधार्थी नेताहरु कांग्रेस पार्टी कार्यालय धनगढीबाट सरकार विरोधी नारा लगाउँदै चोक चोकमा पुगेर प्रधानमन्त्रीको दहन गरेका थिए ।

सरकार हुजुमी सासन लादन खोजेको , सरकार अधिनायकवादतर्फ उन्मुख रहेको, निर्मला पन्तको हत्यारा पहिचान नगरेको, डाक्टर गोविन्द केसीले राखेका माग पूरा नगरी चिकित्सा शिक्षा विधेयक ल्याएकोमा विरोध गरेका छन् । साथै बिद्यार्थिहरुले आफ्नो माग पुरा नभए झन आन्दोलन ससक्त पार्दै लैजाने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *