अर्थतन्त्रप्रदेश नं. ७वातावरण/कृषिसमाज

अवैद जडिबुटी सहित एकजना पक्राउ

सत्यराज सिहँ बझाङ। बझाङमा अवैध जडिबुटीसहित एक जना पक्राउ परेका छन् । चैनपुर बजार नजिकै रहेको सुर्मेली टोलमा गोदामा लुकाई छिपाई राखेको अवस्थामा उक्त अवैध जडिबुटी फेला परेको हो ।
लोप हुने अवस्थामा रहेको सेतो चिनी (खिरैला) बरामद गरिएको प्रहरी नाएव उपरिक्षक प्रबिण धितालले जानकारी दिनु भयो । विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यलयबाट सही बिरेन्द सिंह कार्कीको नेतृत्वमा खटाइएको टोलिले गोदाममा छापा हान्दा ११ कट्टामा प्याकिङ गरेर राखेको करिब ७७५ केजि जडिबुटी बरामद गरिएको थियो ।
पक्राउ पर्नेमा दार्चुल्ला जिल्ला अपि हिमाल गाउपालिका ४ का सेर सिंह धामि रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उक्त बरामद गरिएको जडिबुटी र ठेकेदार धामीलाइ अनुसन्धान को लागि जिल्ला बन कार्यलय को जिम्मा लगाईको प्रहरी नायब उपरिक्षक प्रबिण धितालले जानकारी दिनु भएको छ ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *