प्रदेश नं. ७मुख्य खबरसमाज

बझाङको देवल विमानस्थलको ‘रन वे’ कालोपत्रे गर्ने काम सुरु

मकरराज धामी बझाङ – लामो समय देखि बन्द अवस्थामा रहेको देवल विमानस्थलको कालो पत्रे गर्ने कामको सुरु भएको छ । बझाङवासीको पटक पटकको दबाव पछि नागरिक उड्डयन प्राधिकरणले गएको साउन महिनामा विमानस्थल कालोपत्रे गर्नका लागी टेन्डर आह्वान गरेको थियो । करिब पा“च करोड ५० लाखको लागतमा १८ महिना भित्र काम सम्पन्न गर्ने गरि अमर कन्स्ट्रक्सनले विमानस्थललाई कालोपत्रे गर्ने जिम्मा पाएको छ । अहिले विमानस्थलको वरिपरि नाली निमार्णको काम भैरहेको छ भने संगसंगै पिचको काम पनि भई रहेको छ । २०३५ सालमा निमार्ण भएको विमानस्थलको स्तरोन्ती हुन नसक्दा जहाज उडन भर्न सकेका थिएनन् । तत्कालिन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक रुपमा उडान सुरु गरेको भए पनि २०६५ सालमा बझाङ सदरमुकाम चैनपुर सम्म बस चल्न थाले पछि यो विमानस्थलमा कुनै पनि उडान भएका छैनन । २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालय समेत बन्द गरेको थियो ।
केहि समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगंज र धनगढीका लागि उडान भर्ने गरेका थिए । बझाङ बाट नेपालगञ्ज जाने यात्रुको चाप घटन थाले पछि निजी विमान कम्पनिहरुले पनि उडान रद्ध गरेका थिए । अझै पनि धनगढी बझाङ उडान संचालन गर्न सके दैनिक दुइ वटा ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरुले बताउदै आएका छन । तर धनगढी विमानस्थलमा विमानलाई राती ल्यान्डेड गरेर र नभएकाले सरकारले यस विषयमा सोच्नु पर्ने अवस्था आएको उनिहरुको भनाई छ ।
विमान स्थल कालोपत्रे बन्न लागे पछि बझाङवासीहरु खुखी भएका छन् । लामो समय देखी बन्द भएको विमानस्थलको कालेपत्रे गर्ने काम सुरु भएको छ । समयमै काम सम्पन्न भई विमान संचालनमा आए पछि सुत्केरी महिला, दुर्घटनामा परेका ब्यक्तीहरुले ज्यान गुमाउन नपर्ने स्थानिय नरेन्द्र खड्काले बताए । विमानस्थल सुचारु नहुँदा जिल्लामा आउने पर्यटकहरुको संख्यामा कमि आएको पर्यटन व्यवसायि किसोर खडकाको भनाई छ । उनले भने बझाङको सडक यात्रा अत्यन्त कष्टपुर्ण छ । विमानस्थल संचालनमा आए पछि जिल्लाको साईपाल हिमाल, खप्तड राष्ट्रि निकुञ्ज,सुर्मा ताल, कैलाश गुफा, कैलाश मानासरोबर लगायतका दर्जन भन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरुमा घुम्न आउने आन्तरिक तथा बाह्रय पर्यटकहरुको समेत बृद्धी हुनेछ।
हिउ“दे बर्षा भएको वेला र बर्खाकोे समयमा विभिन्न ठा“उमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेका कारण आपतकालिन विरामीहरुले बर्षेनी ज्यान गुमाउने गरेका छन भने यात्रुहरुले पनि सास्ती भोग्दै आएका छन । गत वर्ष असार देखी भदौ सम्म तिन महिनको अवधीमा बझाङ लाई अन्य जिल्ला संग जोड्ने जयपृथ्वी राजमार्ग पटक पटक गरी ४१ दिन अवरुद्ध भएको थियो । यस अवधीमा उपचारको लागी धनगढी लैजादै गरेका ५ जना विरामीहरुले बाटैमा ज्यान गुमाउनु परेको थियो । ढिलै भए पनि विमानस्थलको कालोपत्रेको काम सुरु भएको छ । निमार्ण कार्यमा हुने ढिलासुस्तिको विषयमा बझाङका स्थानिय जनप्रतिनिधि र प्रतिनिधि सभा तथा प्रदेश सभाका प्रतिनिधिहरुको ध्यान जान जरुरी छ ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *