प्रदेश नं. ७वातावरण/कृषिसमाज

बझाङमा तीन दिन देखि लगातार हिमपात जनजीवन कष्टकर

बझाङ-  देशभर माैषम परिवर्तन भएसँगै बिहीबार बिहानैदेखि बझाङमा हिमपात सुरु भएको छ । एकसाता अघि परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात सुरु भएको हो । हिउँ पर्न थालेसँगै चिसो बढेको छ । जनजीवन कष्टकर बन्न थालेको छ । बझाङमा बुधबार रातिदेखि नै पानी पर्न थालेको थियो । उच्च हिमाली क्षेत्रमा भने माघ पहिलो सातादेखि नै हिमपात जारी रहेका छ । त्यस्तै उच्च पहाडी क्षेत्रमा पनि बिहीबार बिहानदेखि फेरि हिउँ पर्न सुरु गरेको छ । बझाङका बित्थडचिर गाउँपालिका, साइपाल गाउँपालिका, सुर्मा गाँउपालिका, छबीसपाथीभेरा गाउँपालिका, बुंगल नगरपालिकाको माथिल्लो भेग हिमपात भएको छ । हिमपातका कारण जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन् । त्यस्तै केही ठाउँमा नेपाल टेलिकमको सेवामा समेत समस्या उत्पन्न भएको बताइएको छ । वर्षा र हिमपातसँगै जिल्लामा जाडो बढेको छ । हिमाली गाउँहरुमा हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बनेकाे छ ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *