प्रदेश नं. ७समाज

डडेल्धुरामा चट्याङ लागेर एक मजदुर सहित २ जनाको मृत्यु, चार घाइते

डडेल्धुरा, माघ २५ – डडेल्धुरामा चट्याङ लागेर बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्यालको ज्यान गएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–३ रजोडामा रहेको राजपुर सामुदायिक वनमा काठको काम गर्दै आएका दौल्यालको उपभोक्ता समूहको भवनमा सुतिरहेका बेला बिहान ४ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै चट्याङ लागेर भागेश्वर गाउँपालिका–५ सलेताका दशरथ नाथकी २० वर्षीया छोरी सरस्वती नाथको मृत्यु भएको छ भने अरु चार घाइते भएका छन्। बिहान २ः३० बजेरित सुतिरहेको बेला एक्कसी चट्याङ लागेर सरस्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। चट्याङ लागेर सरस्वतीका दुई बहिनी र दुई भाइ घाइते भएका छन्। घाइते हुनेमा १५ वर्षीय देवेन्द्र नाथ, ८ वर्षीय खगेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ र १२ वर्षीया शान्ति नाथ रहेका छन्। उपचारका लागि घाइते चारैजनालाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा ल्याउने तयारी भइरहेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *