प्रदेश नं. ७

सुदूरपश्चिमका १२ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन

सत्यराज सिहँ – सुदूरपश्चिम प्रदेशका १२ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । सरकारले प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरेको हो । सुदूरपश्चिमका बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएका हुन् ।

बाजुराको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर तोकिएको छ । पाण्डवगुफा गाँउपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डि बाजुरा तोकिएको छ । यस्तै स्वामीकार्तिक गाँउपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाई, छेदेदह गाउँपालिकाको नाम खप्तड छेदेदह गाउँपालिका राखिएको छ ।

यस्तै, बझाङको काँडा गाँउपालिकाको नाम साइपाल, डोटीको वोगटान गाँउपालिकाको नाम वोगटान–फुड्सिल र सायल गाँउपालिकाको केन्द्र ओमनगर तोकिएको छ । डडेल्धुराको नवदूर्गा गाँउपालिकाको केन्द्र सल्ला–बान्चौर, बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे राखिएको छ ।

यस्तै, धुलिगडा केन्द्र रहेको दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र होपरीगडा र लेकम गाँउपालिकाको केन्द्र रातामाटा कायम गरिएको छ । संघीय सरकारले ९८ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

Tags
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *