प्रदेश नं. ७

जीपको ठक्कर बाट दश बर्षिया बालकको मृत्यु

 बझाङ जीपको ठक्कर बाट दश बर्षिया बालकको मृत्यु भएको छ । शुक्रबार बेलुका सदरमुकाम चैनपुर बाट तल्कोट गाँउपालिका जाँदै गरेको से १ ज ६६४० नम्बरको जीपले ठक्टर बाट तल्कोट गाँउपालिका वडा नम्बर २ किथ्थु कुवरका छोरा दश बर्षिया महेश कुवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । जीप चालक नरेश बोहरा फरार रहेको जनाईएको छ । चालकको लाईसेन्स समेत नभएको बुझएिको तल्कोट गाँउपालीका वडा नम्बर २ का वडा अध्यक्ष अक्कल बहादुर कुवरले बताउनु भयो । वडा अध्यक्ष कुवरका अनुसार आफुले जीप तोडफोड हुन बाट रोकेको बताए । अध्यक्ष कुवरका दाई किथ्थु कुवरमा मृतक छोरा साईला हुन् । घटना पछि चैनपुर ताक्लाकोट सडक खण्ड स्थानिय बासिन्दाले बन्द गरेका छन् । लास सडक बाट उठाएका छैनन् । जीप चालक र साहुलाई घटना स्थलमा ल्याउनु पर्ने माग स्थानियले राखेको प्रहरीले जनाएको छ । यता वडा अध्यक्ष कुवरका अनुसार घटना स्थल बाट नै जीप साहु र चालकले नै आएर आफ्ना छोराको दाहसंस्कार गरि दिनु पर्ने माग आफ्नो रहेको बताए । घटना स्थलमा शशत्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *