loading...

पत्रकार सम्मानित

loading...

बझाङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको सातौ बार्षिक साधारण सभा बाट बझाङका ४ जना पत्रकार सम्मानित भएका छन् । जिल्लामा बसेर कुरिती कुसंस्कार वि?द्ध कलम चलाएको र पत्रकारीता क्षेत्रमा लामो समय देखी काम गरि जिल्लाको बिकासमा योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले चार जना पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा नागरिक दैनिकका जिल्ला समाचारदाता तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका पुर्व अध्यक्ष जगत खड्का, कान्तिपुर दैनिका जिल्ला समाचादाता बसन्तप्रताप सिहं, साईपाल एफएमका पत्रकार जयभक्त जोशी र महिला पत्रकार विना रोकाया लाई प्रमाण पत्र र दोसल्ला सहित सम्मान गरेको हो । पत्रकारिताका माध्यामबाट समाजमा सुशासनमा टेवा पुर्याएको भन्दै सम्मान गरेको हो ।
बार्षिक साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहनु भएका प्रतिनिधी सभा सदस्य भैरब बहादुर सिहंले बझाङ जिल्लाको विकासका लागि राजनितीकक्रर्मी, पत्रकार समाज सेवि सबैले एक जुट भएर अघि बढ्नु पर्ने बताउनुभयो । कुनै पार्टी प्रति आस्थावान भए पनि विकासका लागि सबैले हातेमालो गरेर जानु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष जगदिस रोकायाले पछिल्लो समयमा जिल्लाको हकमा पत्रकारले आचारसंहितको मर्यादामा नरहेको पाईएका कारण समाचार सम्प्रेसण गर्दा आचारसंहिता भित्र रहेर काम गर्न जिल्लाका सबै क्रियाशिल पत्रकारह?लाई समेत आग्रह गर्नुभयो । जिल्लामा भएका पत्रकारह?ले समेत समाचारमा बढि ध्यान दिनु भन्दा आ आफ्नो फेसबुक तथा सामाजिक संजालमा जथाभावि कसैको चरित्र हत्या गर्ने खालका सामाग्रीह? सम्प्रेशण गरेको देखिन आएका कारण यस्तो नगर्न उहाँले सबैलाई आग्रह समेत गर्नुभयो । जिल्लाका क्रियाशिल पत्रकारह? क्षमता विकासका नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङ लागि परेको अध्यक्ष रोकायाले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *