loading...

डीपीएल तेस्रो संस्करणको उपाधि सीवाईसी अत्तरियालाई

loading...

धनगढी: सीवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई तीन विकेटले हराउँदै उपाधि उचालेको हो। अत्तरियाले पहिलोपटक डीपीएल उपाधि जितेको हो।

टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरका दिलीप नाथले ४३ रन बनाए। यस्तै कुशल मल्ल २५, रोहित पौडेल २४, आरिफ शेख ११ र मोहमद नाभेदले १० रन बनाए। महेन्द्रनगरका पाँच खेलाडी रन आउट भएका थिए।

अत्तरियाका दीपेन्द्र रावत र दीपेन्द्रसिंह ऐरीले दुईदुई विकेट लिए। सन्नी पटेलले एक विकेट हात पारे।

महेन्द्रनगरले दिएको एक सय २४ रनको लक्ष्य अत्तरियाले एक बल बाँकी रहँदै सात विकेट गुमाएर पूरा ग‍¥यो। अन्तिम दुई बलमा तीन रन चाहिएको अवस्थामा सन्नी पटेलले पाँचौं बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाएका थिए। पटेल ४७ रनमा अविजित रहे। यस्तै जयकिशन कोल्सावालाले ३० र कप्तान दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए। महेन्द्रनगरका मोहमद नाभेद र अविनाश बोहराले दुईदुई विकेट लिए।

उपाधिसँगै अत्तरियाले ३० लाख रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता महेन्द्रनगरले १२ लाखमा चित्त बुझायो।

प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरी चुनिए। उनले सुनको जुत्ता पुरस्कार पाए। दीपेन्द्रसिंह ऐरीले सात खेलमा एक सय ६८ रन बनाउनुका साथै १० विकेट पनि लिएका थिए।

अत्तरियालाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका सन्नी पटेल म्यान अफ दी सिरिज र बेस्ट ब्याट्सम्यान घोषित भए। सन्नीले सात खेलमा दुई सय दुई रन बनाएका थिए। यस्तै उनले नौ विकेट लिएका थिए। बेस्ट ब्याट्सम्यानको एक लाख र म्यान अफ दी सिरिजको दुई लाख रुपैयाँ प्राप्त गरे। भुवन कार्की प्रतियोगिताकै उत्कृष्ट बलर चुनिए। कार्कीले एक लाख प्राप्त गरे। कार्कीले सात खेलमा १४ विकेट लिएका थिए।

शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर र दीपन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाबीच पहिलो पटक उपाधि भिडन्त भएको थियो। भेषावकरको कप्तानीमा महेन्द्रनगरले यसै वर्ष मात्रै पोखरा प्रिमियर लिगको उपाधि जितेको थियो।

यसअघिका दुई संस्करणको उपाधि स्थानीय टोली टिम चौराह धनगढीले जितेको थियो। धनगढी क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो। अन्नपूर्ण

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *