loading...

संघीयता विरोधी प्रावधान भएको कानुन सच्याइँदै

loading...

काठमाडौं : संघीय सरकारको स्थायी प्रशासन कमान्ड गर्ने मुख्य कानुन नै संघीयता विरोध हुने देखिएपछि सरकारले प्रस्तावित विधेयकका प्रावधान सच्याउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा बनाएको संघीय निजामती सेवा विधेयकमा संघीयता विरोधी प्रावधान देखिएपछि सच्याउन लागिएको समाचार राजधानी दैनिकमा छ।  सरकारले संसदमा दर्ता गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफल क्रममा छ। छलफल क्रममा सांसदहरुले समेत सो विधेयकमा व्यवस्था गरिएका कतिपय प्रावधान संघीयता विरोध भएको भन्दै हटाउन माग गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्तालयका अनुसार सांदको माग र चौतर्फी विरोध भएपछि प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र मन्त्रालयका सचिव तथा स्थानीय तहका कार्यकारी अधिकृतसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न लागिएको हो।थाहा खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *