loading...

लागु औषध चरेस सहित एक जना पक्राऊ

loading...

बझाङ- जिल्ला प्रहरी कार्यालय बझाङले लागु औषध चरेस सहित एक जना पक्राऊ गरेको छ । सोमवार दिउसो बिशेष सुचनाको आधारमा २५६ ग्राम चरेस सहित एक जना पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक नैन बहादुर साउँदको तेतृत्वमा खटिएको टोलीले जिल्ला सदरमुकाम चैनपुर बजारमा होटल व्इवसाय संचालन गर्दै आएका बझाङ सुर्मा गाउपालिका वडा नं.३ गैरीगाउँ घर भई हाल जयपृथ्वी नगरपालिका वडा नं. १० चैनपुर बस्ने ३३ को जय बहादुर बि.क.लाई पक्राऊ गरेको जनाएको छ । प्रहरीले निज जय बहादुर वि.क लाई आफ्नो होटलमा लागु औषध (चरेश) विक्री गरि रहेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बझाङमा ल्याई आवश्यक अनुसन्धान तथा कारबाही शुरु भई रहेको छ । पछिल्ला केहि महिना यता जिल्ला प्रहरी कार्यालयले लागुऔषध नियन्त्रणका लागी विशेष सर्तकता अपानाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *