loading...

बझाङमा पाँचौ पटक हिमपात बर्षा संगैको हिमपातले जनजिवन प्रभावित

loading...

मकरराज धामी फागुन १५ बझाङ – बझाङ जिल्लामा आईतवार बाट मौसममा आएको परिवर्तनका कारण बर्षा संगै हिमपात भएको छ । वर्षासँगै भएको हिमपातका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । बझाङ जिल्लाका दहबगर, काँडा, सुर्मा, लेकगाउँ, मौलाली, मष्टा लगायत ठाउँहरूमा हिमपात भएको स्थानीयले बताएका छन् । दहबगरका कलक धामीका अनुसार आईतवार राती भारी मात्रामा हिमपात भएको छ । हिमपातका कारण मानिसहरु घर बाहिर निस्कन सकेका छैनन । उनले भने यसबर्ष हप्ता विराएर बर्षा संगै हिँउ पर्दै आएको छ । उच्च हिमालि क्षेत्र भएकाले बाहिर निस्कन सक्ने अवस्था छैन । यही माघको दोस्रो साता पनि बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात भएको थियो । विगत दश बर्ष यता यसरी लामो समय सम्म हिमपात नभएको बुङगल नगरपालिका वडा नं २ लौनेका दले धामीले बताए ।
आईतवार साँझ देखि झरीपर्ने थाले संगै बझाङ जिल्लाको अधिकांस ठाँउहरुमा हिमपात भएको छ । वर्षासँगै हिउँ पर्न थालेपछि अत्यधिक चिसो बढेको छ । चीसोका कारण मानिस घरबाट बाहिर निस्कन सकेका छैनन् भने दैनिक कामकाज पनि प्रभावित भएको छ । उच्च हिमालि भेगका अधिकांस विद्यालयहरु चिसोका कारण बन्द भएका छन । लगातार हिँउ पर्न थालेको र बर्षा संगैको हिमपातका कारण चिसो बढदा विद्यालय बन्द गर्नु परेको पार्वति आधारभुत विद्यालय दहबगरका प्रधानाध्यापक हर्क बोहराले बताए । उनले भने दिन विराएर बर्षा संगै हिँउ पर्न सुरु हुन्छ । विध्यार्थी स्कुलमा आउन सक्ने अवस्था छैन । चिसोले पठनपाठनमा समस्या आउदा विद्यालय बन्द गर्नु परेको हो ।
हिमपातका कारण विधुत र टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । टेलिफोनको नेटवर्क आउने जाने समस्या भएको हुँदा सेवाग्राहि मार्कामा परेका छन् । जिल्लामा संचालित ६ वटा एफ.एम रेडियोको प्रसारण पनि प्रभावित भएको छ । रेडियोको रिले स्टेशनमा सौर्य विधुतको प्रयोग गरिदै आएको छ । घाम नलाग्दा व्याट्री चार्ज हुन पाएको छैन । जस्को कारण रेडियोको नियमित प्रसारण प्रभावित भएको हो । बझाङ सदरमुकाम जोडने एक मात्र राजमार्ग जयपृथ्वी राजमार्गको श्रीभावर, ढोल्यामोड, विन्द्रावन लगायतका ठाँउमा हिउँ परिरहेकाले रात्री सेवाका बसहरु संचालन हुन सकेका छैनन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

loading...
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *